२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक News Polar आज यी प्रदेशमा वर्षाको सम्भावना News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल News Polar चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण News Polar परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै News Polar भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता News Polar कांग्रेस सभापतिमा गगन थापा विजयी News Polar सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र, News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया News Polar मानसिक स्वास्थ्य चुनौती कम गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाही News Polar लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा News Polar मामाघर आश्रमको सामाजिक लेखापरीक्षण सम्पन्न, ७० बालबालिका संरक्षणमा News Polar चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन News Polar वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ News Polar सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा विष्ट नियुक्त News Polar कानूनमन्त्री सोविता गौतम र फ्रान्सेली राजदूत इन्जाबीच शिष्टाचार भेटवार्ता

लागुऔषधसहित १० जना पक्राउ

लागुऔषधसहित १० जना पक्राउ
अ अ+ अ-

विराटनगर। कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले लागुऔषधको कारोबारमा संलग्न भएका १० जनालाई पक्राउ गरेको छ ।

कोशी प्रदेश प्रहरीले सञ्चालन गरेको लागुऔषधविरुद्धको महाअभियानअन्तर्गत प्रदेशका विभिन्न स्थानबाट पक्राउ गरेको हो । लागुऔषधमुक्त समाज निर्माण गर्ने उद्देश्यका साथ लागुऔषध कारोबार तथा सेवनमा संलग्न व्यक्तिलाई पक्राउ गरी कानुनी दायरामा ल्याउने, मनोपरामर्श एवं जनचेतना प्रदान गर्ने उद्देश्यले प्रदेश प्रहरी कार्यालय र मातहतका प्रहरी कार्यालयबाट परिचालित संयुक्त टोलीले लागुऔषध कारोबार एवं ओसारप्रसारका गतिविधिमा संलग्न भएको अभियोजनमा निजहरूलाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरूको साथबाट सात ग्राम १०० मिलिग्राम ब्राउनसुगर, तौल गर्न बाँकी गाँजा, ५९ क्याप्सुल र २९९ ट्याब्लेट प्रतिबन्धित औषधि र नगद रु ६९ हजार ७२० बरामद गरिएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं वरिष्ठ प्रहरी उपरीक्षक योगेन्द्रसिंह थापाले जानकारी दिनुभयो जाँचको क्रममा इलाका प्रहरी कार्यालय सुरुङ्गा झापाले कन्काई नगरपालिका-४ का २१ वर्षीय हेमबहादुर लिम्बूलाई ३८० मिलिग्राम ब्राउनसुगर, ट्रामाडोल ४५ क्याप्सुल, डाइसाइक्लोमाइन ४४ ट्याब्लेट, नाइट्राजेपाम १३ ट्याब्लेट तथा नगद रु ४८ हजार १५०, वडा प्रहरी कार्यालय भद्रपुर झापा र सीमा सुरक्षा गुल्म भद्रपुरको संयुक्त टोलीले पाँचथर फिदिम नगरपालिका-१ का १९ वर्षीय नुमसिक लिम्बूलाई तीन ग्राम ५२० मिलिग्राम ब्राउनसुगरसहित, झापा भद्रपुर नगरपालिका-८ स्थितबाट मेचीनगर नगरपालिका-१३ का २३ वर्षीय आशिष गुरुङलाई एक ग्राम ब्राउनसुगर, नगद रु १९ हजार ५०० सहित नियन्त्रणमा लिएको छ ।

यसैगरी प्रहरी चौकी कुशेचौरी मोरङले पथरीशनिश्चरे नगरपालिका-९ का २५ वर्षीय अमन लिम्बू, २१ वर्षीय सन्दिप लिम्बू, पथरीशनिश्चरे-४ का २३ वर्षीय चन्द्र राई र १७ वर्षीय विजय राईलाई एक ग्राम ब्राउनसुगरसहित नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय इटहरी सुनसरीको संयुक्त प्रहरी टोलीले ट्रामाडोल १२७ ट्याब्लेट, स्पास्पेन १२७ ट्याब्लेटसहित इटहरी उपमहानगरपालिका-५ का २८ वर्षीय प्रकाश मादेन र १८ वर्षीय अनमोल सिवालाई पक्राउ गरेको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र अस्थायी प्रहरी विट जोरसखुवा धरानको संयुक्त टोलीले धरान उपमहानगरपालिका-१३ का ३२ वर्षीय माकुने भत्रे राजकुमार तामाङलाई एक ग्राम २०० मिलिग्राम ब्राउनसुगर र कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय महेन्द्रनगरले बराहक्षेत्र नगरपालिका-१ स्थित कोशी नदी किनारमा बाँस र ट्युबमा नौ वटा प्लास्टिकको बोरामा राखिएको १६८ किलोग्राम गाँजा फेला पारी बरामद गरेको छ ।

पक्राउ परेका व्यक्तिउपर सम्बन्धित प्रहरी कार्यालयबाट लागुऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक थापाले जानकारी दिनुभयो । रासस