• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   तिलगंगा आँखा अस्पताल अब विश्वविद्यालय ! ★   लगातार दोस्रो जितसहित अर्जेन्टिना कोपा अमेरिकाको क्वाटरफाइनलमा ★   नेपाल आइडल करण परियारलाई प्रधानमन्त्री दाहालको गितार उपहार ★   लमजुङमा पहिरोले तीन घर पुरिँदा चारजना बेपत्ता ★   कास्कीमा पहिरोमा परेर दुई बालबालिकाको मृत्यु, एक घाइते ★   ट्रक पार्किङ स्थल निर्माणका लागि कोशी प्रदेश सरकारले छुट्यायो दुई करोड ★   विजुलीका पोलमा जताततै ‘सवि’ ! के होला त्यो ? ★   दोस्रो चरणको छानबिनका क्रममा २० जना पक्राउ, १५ अझै फरार ★   कोपा अमेरिकाः क्यानडाले पेरुलाई हरायो ★   युरो कपः इंग्ल्यान्ड समूह विजेता र डेनमार्क उपविजेता बनेर नकआउट चरणमा

‘ए’ डिभिजन लिगको ५० प्रतिशत तयारी पूराः एन्फा



काठमाडौं । आगामी फागुन १९ गतेबाट सुरु हुन गइरहेको सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको ५० प्रतिशत तयारी पूरा भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै लिगको ५० प्रतिशत तयारी पूरा भएको जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै एन्फाका महासचिव किरण राईले लिगको ५० प्रतिशत तयारी सकिएको बताए । तीन मैदानमा आयोजना हुने शीर्ष डिभिजनको लिग डबल राउण्ड रोबिनको आधारमा दशरथ रंगशाला, एन्फा कम्प्लेक्स र च्यासल मैदानमा हुनेछ ।

लिगका लागि १४ वटै क्लबले नाम दर्ता गराईसकेको एन्फाले जनाएको छ । एन्फाका अनुसार सबै क्लबले तयारी खर्चको पहिलो किस्ता १५ लाख लिइसकेका छन् ।

एन्फाले लिगको तयारीस्वरुप ‘ए’ डिभिजनका प्रत्येक क्लबलाई ३२ लाख ५० हजार रुपैयाँ उपलब्ध गराउने छ ।

उन्फाका अनुसार यस पटकको लिग विजेताले ७५ लाख, दोस्रोले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछन् । फेयर प्ले अवार्डको नगद पुरस्कार ३ लाख पुर्याइएको छ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ३ लाख, सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट गोलकिपरले २ लाख तथा इमर्जिङ प्लेयरले १ लाख ५० हजार रुपैयाँ पाउनेछन् ।

प्रत्येक खेलको विजेता क्लबलाई म्याच मनीवापत ५० हजार रुपैयाँ प्रदान गरिने तथा बराबरी भएको खण्डमा दुई क्लबबीच रकम बराबर बाँडिने एन्फाले जनाएको छ । यस्तै, हरेक खेलको उत्कृष्ट खेलाडीले प्लेयर अफ द म्याचस्वरुप १० हजार रुपैयाँ पाउनेछन् ।