२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

बलात्कारका आरोपीलाई राष्ट्रिय टिममा राखेको भन्दै क्यानविरुद्ध बायकट अभियान सुरु



फाईल फोटो
अ+ अ-

काठमाडौं । बलात्कार जस्तो जघन्य अपराधमा आरोपितलाई राष्ट्रिय टिममा समावेश गरेको भन्दै समाजिक सञ्जालमा नेपाल क्रिकेट संघ (क्यान)को विरोध सुरु भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले हिजो आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत त्रिकोणीय सिरिजका लागि बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई समावेश गर्दै दोस्रो चरणको बन्द प्रशिक्षणमा रहने २० खेलाडीको नाम घोषणा गरेसँगै सामाजिक संजालमा क्यानको बहिष्कार अभियान सुरु भएको हो ।

उनीहरुले सामाजिक सञ्जालमा बायकट क्यान लेख्दै क्यानको बहिष्कार अभियान चलाएका हुन् । उनीहरुले शनिबार दिउँसो १ बजे माइतीघरमा भेला भएर क्यानको विरोध प्रदर्शन गर्ने बताएका छन् ।

सामाजिक सञ्जाल प्रयोगकर्ता तुल्सीराम भुषालले ट्वीट गर्दै भनेका छन्, ‘बलात्कार जस्तो जघन्य अपराधमा आरोपित लाई रास्ट्रको प्रतिनिधित्व गराउन खोज्दै छ । सरकार कता छ ? भोलि १ बजे माइतिघर जानुहोला ! @PMnepal #BoyCottCAN

माइतीघरमा भेला हुन आग्रह गर्दै हिमाले ट्वीट गरेकी छिन्, ‘भोलि शनिबार १ बजे माइतीघर मण्डला, नागरिक मौन बस्दैन ! सरकार, प्रतिपक्षि नभएको सरकार र क्यान #BoyCottCAN’

यस्तै, अर्का प्रयोगकर्ताले ट्वीटरमा क्यानको अध्यक्ष  चतुरबहादुर चन्दको राजिनामा माग गर्दै लेखेका छन, ‘के लामिछाने टिममा भएर नेपालले एकदिवसिय नै जोगाउने जसरी टीममा फर्काउने क्यान क्रिकेटसँग नभइ लामिछानेसँग उत्तरदायी । सामुहिक खेलमा एउटा खेलाडीलाइ महत्त्व दिने चतुरे राजिनामा दे। #BOYCUTTCAN.’

त्यसैगरी, अन्जिताले क्रिकेट नेपालले बलात्कारको अधिकार दिएको हो ! भन्दै ट्वीट गरेकी छन् । उनले प्रधानमन्त्री र खेलकुदमन्त्रीलाई ट्वीट गर्दै यस्तो भयानक गतिविदि तत्काल रोक्न आुरोध गरेकी छन् ।

यस्तै, बसन्त गौतमले पनि बायकट क्यान लेख्दै ‘बलात्कारी आरोपीको अखाडा बनुञ्जेल क्यानका खेलहरु बहिष्कार गर्ने निर्णय गरियो !’ भन्दै ट्वीट गरेका छन् ।