२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar ट्रक दुर्घटनामा चालकको मृत्यु News Polar बेलुका ११ बजेदेखि भोलि बिहान ५ बजेसम्म पृथ्वी राजमार्ग बन्द हुने News Polar विशेष प्रकृतिका विद्यालयलाई शिक्षा ऐनमै समेट्नुपर्नेमा जोड News Polar कांग्रेस केन्द्रीय सदस्यको मतगणना भोलि बिहानदेखि News Polar कार्यालय सहयोगीलाई जीवनरक्षा तालिम सुरु News Polar भारतका प्रस्तावित राजदूत पाण्डेलाई नेपाल–भारत आर्थिक सम्बन्धका क्षेत्रमा प्राथमिकताका साथ काम गर्न पुनको सुझाव News Polar आत्महत्या जोखिम मूल्याङ्कन तथा व्यवस्थापनसम्बन्धी राष्ट्रिय निर्देशिका सार्वजनिक News Polar कांग्रेस सहमहामन्त्री खुलामा २३९० मत गन्दा रामहरि र अजयबाबुको अग्रता कायमै News Polar ‘दक्षिण एशिया उपनिवेश हुँदा पनि नेपाल स्वतन्त्र थियो, हाम्रो कुटनीति असफल छैन’- प्रश्तावित राजदुत पाण्डे News Polar राजस्व प्रशासनका ८५ उपसचिवको सरुवा, अर्थदेखि भन्सारसम्म व्यापक हेरफेर News Polar स्वास्थ्य बीमा बोर्डमा तीन सदस्य नियुक्त, मन्त्री मेहतासमक्ष शपथ News Polar उपसभापतिमा पराजित भएपछि गोविन्द भट्टराईले भने – बाँकी समय अझ धेरैको भरोसा जित्न समय खर्चने छु News Polar रसुवाको आमाछोदिङमो गाउँपालिकाका किसान सङ्कटमा News Polar बिम्स्टेकको सम्मेलनका भाग लिन गृहमन्त्री गुरुङ दिल्ली प्रस्थान News Polar चाडपर्व लक्षित ट्राफिक प्रहरीको सक्रियताः सुरक्षित यात्राका लागि सचेतना News Polar कांग्रेस सहमहामन्त्री खुलातर्फ खतिवडा अग्रस्थानमा, शिवाकोटी दोस्रो News Polar प्रश्तावित राजदुत थापाविरुद्ध संसदीय समितिमा उजुरीः जापानी पीआर र स्वार्थको द्वन्द्वमाथि छानबिन गर्न माग News Polar बडीमालिकामा केबुलकार अध्ययन र खप्तडमा पूर्वाधार निर्माण गर्न ९ करोड बढी बजेट News Polar रामेछापका व्यावसायिक कृषकलाई अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनीमा सहभागी हुन आह्वान, यात्रा खर्च कृषि कार्यालयले व्यहोर्ने News Polar कांग्रेसलाई एकताबद्ध र जनमुखी पार्टी बनाउने प्रदीप पौडेलको प्रतिबद्धता

आर यु रेडि टु वीन द साफ ? साफ जित्नुहुन्छ भने हामी आयोजना गर्न तयार छौंः प्रधानमन्त्री

आर यु रेडि टु वीन द साफ ? साफ जित्नुहुन्छ भने हामी आयोजना गर्न तयार छौंः प्रधानमन्त्री
अ अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सेप्टेम्बर दोस्रो सातालाई तय भएको साफ च्याम्प्यिनसिप आयोजनाको प्रक्रिया अगाडि बढाउन निर्देशन दिनुभएको छ । 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार खेलाडी सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले खेलाडी र सम्बन्धीत निकायहरु प्रतियोगिताका लागि तयार भए सरकारले आयोजना गर्न सक्ने बताउनुभएको हो । प्रधानमन्त्री ओलीले आयोजनाका लागि सबै तयार भए सरकार पनि तयार भएको बताउनुभयो । कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयका प्रतिनिधि, राष्ट्रिय खेलकुद परिषद (राखेप) र एन्फाका पदाधिकारीहरले साफ गर्न सक्ने बताएपछि प्रधानमन्त्रीले त्यसका लागि सम्पुर्ण प्रक्रिया अघि बढाउन निर्देशन दिनुभएको हो ।

उहाँले भन्नुभयो “साफ च्याम्प्यिनसिप बंगलादेशले आयोजना गर्ने भनेको नसक्ने भयो । नेपालमा गर्ने कि भनेर क्याप्टेनले भन्नुभयो । म तपाईहरुलाई सोध्न चाहन्छु । आर यु रेडि टु वीन द साफ ? तपाईहरु खेल्न तयार हुनुहुन्छ कि हुनुहुन्न होइन, आर यु रेडि टु वीन ? यु ह्याव टु वीन द साफ देन वी आर रेडि टु अर्गनाईज्ड द गेम ।”

बंगलादेशले प्रतियोगिता गर्न नसक्ने भनेपछि नेपालले आयोजनाका लागि इच्छा देखाएको छ । अब बंगलादेशले आयोजना नगरेको खण्डमा प्रधानमन्त्रीबाट प्राप्त निर्देशन अनुसार नेपालले नै आयोजना गर्ने सम्भावना बढेको छ ।

आयोजक राष्ट्र बंगलादेशले प्रतियोगिताबाट हात झिकेपछि नेपालमा साफ आयोजना गर्न एन्फाले दाबी गरेको छ । प्रतियोगिताका लागि सेप्टेम्बर १४ देखि २५ सम्मको समय निर्धारण गरिएको छ । बंगलादेशले कोरोनाको असर, मुख्य प्रायोजकको खडेरी र बंगबन्धु रंगशालाको पुनर्निमाण यसैबर्ष गर्नुपर्ने भएकाले प्रतियोगिता आयोजना गर्न नसक्ने बताईसकेको छ । बंगलादेशले प्रतियोगिता आयोजनाबाट हात झिकेपछि नेपालसँगै श्रीलंकाले पनि साफ आयोजनामा दाबी गरेको छ । नेपाललाई आयोजना गर्न ठूलो रकम आवश्यक पर्ने भएकाले सहयोग गर्न नेपाली टोलीका कप्तान किरण चेम्जोङले कार्यक्रममा सरकारसँग अपिल गर्नुभयो ।

गत वर्ष नै बंगलादेशले आयोजना गर्ने भनिएको प्रतियोगिता कोरोना माहामारीका कारण एक वर्ष पछि धकेलिएको थियो । प्रधानमन्त्री ओलीले दशैंको बेलामा प्रतियोगिता हुने भएकाले खेलाडीलाई उपाधि उचाल्दै दशै मनाउने लक्ष्य सहित तयार गर्न आग्रह गर्नुभयो ।

पछिल्लो पटक नेपालले सन २०१३ मा दशरथ रंगशालामा साफ च्याम्पियनसिप आयोजना गरेको थियो । घरेलु रंगशालामा आयोजना गर्दा नेपालले अन्तिम चार सम्मको यात्रा तय गरेको थियो भने पछिल्लो पटक सन २०१८ मा बंगलादेशमै आयोजना हुँदा पनि नेपाल सेमिफाइनल पुगेको थियो । हालै मात्र नियुक्त भएका कुवेतका प्रशिक्षक अबदुल्लाह अलमुताइरीले साफ च्याम्पियनसिपको लक्ष्य राखेर अहिले ५० प्रारम्भिक खेलाडीलाई बन्द प्रशिक्षणमा राखेर अभ्यास गराइरहेका छन् ।