२६ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बैठक छोडेर निस्किए भुषाल, एमाले कार्यदलमा आज पनि सहमति जुट्नेमा आशंका



अ+ अ-

काठमाडौं । नेकपा (एमाले) भित्र देखिएका विवाद समाधानको निष्कर्षमा पुगेको दाबी गरिएपनि फेरि अर्को आशंका पैदा भएको छ । 

बैठक चलिरहेकै बेला कार्यदलका सदस्य माधवपक्षका नेता घनश्याम भुषाल बाहिरिएका छन् । उनी बानेश्वरस्थित एक होटलमा पुगेको स्रोतले बताएको छ। 

। बिहान आठ बजेदेखि बसेको बैठक अहिलेसम्म निष्कर्षमा पुगेको छैन । उता अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाए पनि कार्यदल सदस्यहरुलाई पर्खिएर बैठक सुरु हुन सकेको छैन । 

विवाद समस्या समाधान गर्दै कार्यदलले आइतबार पार्टीका आमकार्यकर्तालाई एकताको सन्देश दिने बताएको थियो।