२६ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जसपा एकीकरण बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दायर



अ+ अ-

काठमाडौं । तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टी नेपालबीच भएको एकीकरण बदर गर्न मागसहित सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

राजपाका तत्कालीन उपाध्यक्ष राजपकुमार थापाको तर्फबाट अधिवक्ता हृदयराज मिश्रलेले दायर गरेको रिटमा जसपा एकीकरण खारेज गरी साविकको राजपा र समाजवादी पार्टी कायम गर्न गराउन परमादेश माग गरिएको छ ।

रिटमा राजपा र समाजवादी पार्टी एकीकरणका बेला कुनै पनि संवैधानिक र कानूनी प्रक्रिया पूरा नभएको र कार्यसमितिमा ३३ प्रतिशत महिला अनिवार्य भनिएकोमा त्यो समेत नभएको भनिएको छ ।