२६ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीपक्षीय कार्यदलका संयोजक नेम्वाङले गरे यस्तो खुलासा, अब के हुन्छ ?



file
अ+ अ-

काठमाडौं । एमाले नेता सुवास नेम्वाङले आजै सहमतिमा हस्ताक्षर गरेर फुटबल हेर्न जाने बताएका छन् । आज युरोकप अन्तर्गत इङग्ल्याण्ड र इटालीबीचको फाइनल खेल हुँदै गर्दा ओलीपक्षीय कार्यदलका संयोजक नेम्वाङले यस्तो प्रतिक्रिया दिएका हुन् ।

सिंहदरबारमा बैठक जारी रहेकै बीच सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले भने, ‘बिहान ८ बजेनै सुखद समाचार दिन्छौं भनेका थियौं, सोखालको परिस्थति बनेन । सहमति गरेर हामी फुटबल हेर्न जान्छौं । त्यसकै लागि ११ घण्टा प्रयत्न जारी छ।  छलफल सकारात्मक रुपमै अघि बढिरहेको छ।  सहमति बन्नेमा म विश्वस्त छु । ’