
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) खारेजको माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ । जसपालाई खारेज गर्न माग गर्दै आइतबार राजपाका तत्कालीन उपाध्यक्ष राजकुमार थापाको तर्फबाट अधिवक्ता हृदयराज मिश्रले निर्वाचन आयोग र जसपालाई विपक्षी बनाई रिट निवेदन दायर गरेका हुन् ।
रिट निवेदनमा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टी नेपालबीचको एकीकरण संविधान र कानूनी रुपमा अवैधानिक भएको र कार्यसमितिमा ३३ प्रतिशत महिला पनि नभएको छ ।
रिट निवेदनमा मुद्दाको अन्तिम टुङ्गो नलागेसम्म जसपाको राजनीतिक क्रियाकलाप, सदस्य हेरफेर तथा अन्य सबै काम कारवाही यथास्थितिमा राख्न र राजनीतिक गतिविधिको सिलसिलामा हुने निर्णय समेत रोक्न आदेशको माग गरिएको छ ।