२१ असार २०८३, आईतवार
,
Latest
थाइल्यान्डबाट ल्याइएको २.८ केजी गाँजासहित भारतीय नागरिक त्रिभुवन विमानस्थलबाट पक्राउ किसान सूचिकरण अभियानले लियो तीव्र गति, २६ लाख ४५ हजार किसान परिवार सूचीकृत अमेरिकाले भव्य रूपमा मनायो २५०औँ स्वतन्त्रता दिवस- फोटो फिचर कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु सरकारको १०० दिने कार्यसम्पादनबारे कांग्रेसले आज धारणा सार्वजनिक गर्ने पत्रकारिता क्षेत्रलाई नियन्त्रण गर्ने वा त्रसित बनाउने सरकारको सोच छैनः सञ्चारमन्त्री डा. तिमिल्सिना सुनचाँदीको मूल्यमा सामान्य गिरावट बर्दिबास नगरपालिकाले पूरा गर्‍यो साक्षरताका १२ सूचक, साक्षर नगर घोषणा निर्धारित समयमै सिक्टा सिँचाइ आयोजना सम्पन्न गर्न मन्त्री श्रेष्ठको जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

जसपा खारेजको माग गर्दै सर्वोच्चमा रिट



अ+ अ-

काठमाडौं ।  जनता समाजवादी पार्टी (जसपा) खारेजको माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ । जसपालाई खारेज गर्न माग गर्दै आइतबार राजपाका तत्कालीन उपाध्यक्ष राजकुमार थापाको तर्फबाट अधिवक्ता हृदयराज मिश्रले निर्वाचन आयोग र जसपालाई विपक्षी बनाई रिट निवेदन दायर गरेका हुन् । 

रिट निवेदनमा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टी नेपालबीचको एकीकरण संविधान र कानूनी रुपमा अवैधानिक भएको  र कार्यसमितिमा ३३ प्रतिशत महिला पनि नभएको  छ ।

रिट निवेदनमा मुद्दाको अन्तिम टुङ्गो नलागेसम्म जसपाको राजनीतिक क्रियाकलाप, सदस्य हेरफेर तथा अन्य सबै काम कारवाही यथास्थितिमा राख्न र राजनीतिक गतिविधिको सिलसिलामा हुने निर्णय समेत रोक्न आदेशको माग गरिएको छ ।