२६ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले कार्यदल अलमलमा, नेता नेपालबाट कार्यदलका सदस्यहरु माथी नै शंका !



अ+ अ-

काठमाडौ ।  नेकपाभित्र देखिएको अन्तरकलहको निकास खोज्न क्रियाशील रहेको कार्यदल नै अलमलमा परेको छ । शनिबार साँझसम्म मोटामोटी खाका तयार पारेर आइतबार बिहानै सहमति सार्बजनिक गर्ने तयारीमा रहेको कार्यदल आईतबार भने पुरै अन्योलमा रह्यो ।

विशेषत नेता माधव नेपाल पक्षबाट कार्यदलमा रहेका सदस्यहरु बीच नै मतैक्य हुन नसकेपछि निर्णय हुन नसकेको हो । कतिपय बुँदाहरुमा माधव नेपाल पनि लचिलो हुनुपर्ने नभए पनि सहमति गर्न सकिने कुरा कार्यदलमा उठेपछि नेता घनश्याल भुुसाल कार्यदलको बैठक छाडेर नेता नेपाललाई भेट्न कोटेश्वर जानुभएको थियो ।

उहाँ फर्केपछि बसेको बैठक झनै पेचिलो बनेको एक सदस्यले बताए । नेता नेपालले सर्बोच्च अदालतको निर्णय आउनु अघि कुनै सहमति नगर्न र कार्यदलका अन्य सदस्यले सहमति गरे पनि त्यसलाई अस्वीकार गर्न भुसाललाई निर्देशन दिनुभएको उहाँ निकट एक नेताले जानकारी दिए ।

आफू निकट केन्द्रीय सदस्यहरुसँगको छलफलमा नेता नेपालले सर्वाेच्चको फैसलापछि नयाँ खालको वातावरण बन्ने हुदा फैसला अघि कुनै सहमति नगर्ने अडान रहेको जानकारी गराउनु भएको थियो ।

उहाले आफ्नो तर्फबाट कार्यदलमा सहभागी नेता भुसाल बाहेक अन्यको आलोचना गर्दै उनिहरु प्रति विश्वास नभएको टिप्पणी गर्नुभएको एक ती नेताले जानकारी दिनुभयो । छलफलमा सिंहदरबारमा वार्तामा बसिरहेका टोलीमाथि शंका गर्ने नेताहरुले माधव नेपाल समूहबाट प्रतिनिधित्व गर्ने तर समूहमाथि नै घात गर्ने नेता किन चाहियो भन्दै प्रश्न गरेका थिए ।

तर उता वार्तामा बस्नुभएका नेता सुरेन्द्र पाण्डेले भने राती अबेरसम्म भएपनि सहमतिको लागि प्रयास गर्ने बताउनु भएको छ । नेताहरु भीम आचार्य, भीम रावल, गोकर्ण विष्ट र सुरेन्द्र पाण्डे नेपालले उठाएका सबै विषयमा हुबहु पूरा नभएपनि सहमति गरेर पार्टी जोगाउनुपर्ने पक्षमा उभिनुभएको एक नेताले जानकारी दिनुभयो ।

नेता नेपालले आफू निकट केन्द्रीय सदस्यसँग भन्नुभयो हामी सहमतिको लागि जुटिरहेका छौँ सहमति गरेर मात्र हिड्छौ होला । नेता नेपालले आफूले पद नखोजेको तर ओलीलाई कुनै पनि हालतमा गलाउने आश्वासन आफू निकट नेताहरुलाई दिनुभएको थियो ।

केही दिनमात्र अघि नेता सुरेन्द्र पाण्डेले नेता नेपाललाई सहमतिको वातावरण बनाउन र राष्ट्रपति तथा प्रधानमन्त्रीमाथि आफ्नै  भातृसंगठनबाट भैरहेको बिरोध रोक्नुपर्ने प्रस्ताव राख्दा नेता नेपाल उहाँसँग आक्रोशित हुनुभएको थियो ।

वार्ता टोली क्रियाशील भएसँगै नेता पाण्डेप्रति संशय ब्यक्त गर्नुभएका नेता नेपालसँग पछिल्ला दिनमा पाण्डेको सम्बन्धमा चिसो पन आएको छ ।  त्यसैगरी गत बुधबार नेता भीम रावलको निवासमा नेताहरु योगेश भट्टराई, ठाकुर गैरेलगायतका नेताहरुको छलफलमा पनि पार्टी एकता जोगाउनुपर्ने सहमति भएपछि नेता रावल लचक हुनुभएको थियो ।

त्यस लगत्तै नेता रावलप्रति पनि नेता नेपालले शंका गर्न थाल्नुभएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा शेरबहादुर देउवासहित १४६ सांसदले रिट दिँदा एमालेका २३ सांसदले हस्ताक्षर गरेका छन् । रिटको फैसला सोमबार सुनाइने सर्वाेच्चले जनाएको छ ।

यद्यपि सो रिटसम्बन्धी काबारहीलाई भने सोमबार हेर्दा हेर्दैमा राखिएको छ ।