२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar ट्रक दुर्घटनामा चालकको मृत्यु News Polar बेलुका ११ बजेदेखि भोलि बिहान ५ बजेसम्म पृथ्वी राजमार्ग बन्द हुने News Polar विशेष प्रकृतिका विद्यालयलाई शिक्षा ऐनमै समेट्नुपर्नेमा जोड News Polar कांग्रेस केन्द्रीय सदस्यको मतगणना भोलि बिहानदेखि News Polar कार्यालय सहयोगीलाई जीवनरक्षा तालिम सुरु News Polar भारतका प्रस्तावित राजदूत पाण्डेलाई नेपाल–भारत आर्थिक सम्बन्धका क्षेत्रमा प्राथमिकताका साथ काम गर्न पुनको सुझाव News Polar आत्महत्या जोखिम मूल्याङ्कन तथा व्यवस्थापनसम्बन्धी राष्ट्रिय निर्देशिका सार्वजनिक News Polar कांग्रेस सहमहामन्त्री खुलामा २३९० मत गन्दा रामहरि र अजयबाबुको अग्रता कायमै News Polar ‘दक्षिण एशिया उपनिवेश हुँदा पनि नेपाल स्वतन्त्र थियो, हाम्रो कुटनीति असफल छैन’- प्रश्तावित राजदुत पाण्डे News Polar राजस्व प्रशासनका ८५ उपसचिवको सरुवा, अर्थदेखि भन्सारसम्म व्यापक हेरफेर News Polar स्वास्थ्य बीमा बोर्डमा तीन सदस्य नियुक्त, मन्त्री मेहतासमक्ष शपथ News Polar उपसभापतिमा पराजित भएपछि गोविन्द भट्टराईले भने – बाँकी समय अझ धेरैको भरोसा जित्न समय खर्चने छु News Polar रसुवाको आमाछोदिङमो गाउँपालिकाका किसान सङ्कटमा News Polar बिम्स्टेकको सम्मेलनका भाग लिन गृहमन्त्री गुरुङ दिल्ली प्रस्थान News Polar चाडपर्व लक्षित ट्राफिक प्रहरीको सक्रियताः सुरक्षित यात्राका लागि सचेतना News Polar कांग्रेस सहमहामन्त्री खुलातर्फ खतिवडा अग्रस्थानमा, शिवाकोटी दोस्रो News Polar प्रश्तावित राजदुत थापाविरुद्ध संसदीय समितिमा उजुरीः जापानी पीआर र स्वार्थको द्वन्द्वमाथि छानबिन गर्न माग News Polar बडीमालिकामा केबुलकार अध्ययन र खप्तडमा पूर्वाधार निर्माण गर्न ९ करोड बढी बजेट News Polar रामेछापका व्यावसायिक कृषकलाई अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनीमा सहभागी हुन आह्वान, यात्रा खर्च कृषि कार्यालयले व्यहोर्ने News Polar कांग्रेसलाई एकताबद्ध र जनमुखी पार्टी बनाउने प्रदीप पौडेलको प्रतिबद्धता

एमाले कार्यदल अलमलमा, नेता नेपालबाट कार्यदलका सदस्यहरु माथी नै शंका !

एमाले कार्यदल अलमलमा, नेता नेपालबाट कार्यदलका सदस्यहरु माथी नै शंका !
अ अ+ अ-

काठमाडौ ।  नेकपाभित्र देखिएको अन्तरकलहको निकास खोज्न क्रियाशील रहेको कार्यदल नै अलमलमा परेको छ । शनिबार साँझसम्म मोटामोटी खाका तयार पारेर आइतबार बिहानै सहमति सार्बजनिक गर्ने तयारीमा रहेको कार्यदल आईतबार भने पुरै अन्योलमा रह्यो ।

विशेषत नेता माधव नेपाल पक्षबाट कार्यदलमा रहेका सदस्यहरु बीच नै मतैक्य हुन नसकेपछि निर्णय हुन नसकेको हो । कतिपय बुँदाहरुमा माधव नेपाल पनि लचिलो हुनुपर्ने नभए पनि सहमति गर्न सकिने कुरा कार्यदलमा उठेपछि नेता घनश्याल भुुसाल कार्यदलको बैठक छाडेर नेता नेपाललाई भेट्न कोटेश्वर जानुभएको थियो ।

उहाँ फर्केपछि बसेको बैठक झनै पेचिलो बनेको एक सदस्यले बताए । नेता नेपालले सर्बोच्च अदालतको निर्णय आउनु अघि कुनै सहमति नगर्न र कार्यदलका अन्य सदस्यले सहमति गरे पनि त्यसलाई अस्वीकार गर्न भुसाललाई निर्देशन दिनुभएको उहाँ निकट एक नेताले जानकारी दिए ।

आफू निकट केन्द्रीय सदस्यहरुसँगको छलफलमा नेता नेपालले सर्वाेच्चको फैसलापछि नयाँ खालको वातावरण बन्ने हुदा फैसला अघि कुनै सहमति नगर्ने अडान रहेको जानकारी गराउनु भएको थियो ।

उहाले आफ्नो तर्फबाट कार्यदलमा सहभागी नेता भुसाल बाहेक अन्यको आलोचना गर्दै उनिहरु प्रति विश्वास नभएको टिप्पणी गर्नुभएको एक ती नेताले जानकारी दिनुभयो । छलफलमा सिंहदरबारमा वार्तामा बसिरहेका टोलीमाथि शंका गर्ने नेताहरुले माधव नेपाल समूहबाट प्रतिनिधित्व गर्ने तर समूहमाथि नै घात गर्ने नेता किन चाहियो भन्दै प्रश्न गरेका थिए ।

तर उता वार्तामा बस्नुभएका नेता सुरेन्द्र पाण्डेले भने राती अबेरसम्म भएपनि सहमतिको लागि प्रयास गर्ने बताउनु भएको छ । नेताहरु भीम आचार्य, भीम रावल, गोकर्ण विष्ट र सुरेन्द्र पाण्डे नेपालले उठाएका सबै विषयमा हुबहु पूरा नभएपनि सहमति गरेर पार्टी जोगाउनुपर्ने पक्षमा उभिनुभएको एक नेताले जानकारी दिनुभयो ।

नेता नेपालले आफू निकट केन्द्रीय सदस्यसँग भन्नुभयो हामी सहमतिको लागि जुटिरहेका छौँ सहमति गरेर मात्र हिड्छौ होला । नेता नेपालले आफूले पद नखोजेको तर ओलीलाई कुनै पनि हालतमा गलाउने आश्वासन आफू निकट नेताहरुलाई दिनुभएको थियो ।

केही दिनमात्र अघि नेता सुरेन्द्र पाण्डेले नेता नेपाललाई सहमतिको वातावरण बनाउन र राष्ट्रपति तथा प्रधानमन्त्रीमाथि आफ्नै  भातृसंगठनबाट भैरहेको बिरोध रोक्नुपर्ने प्रस्ताव राख्दा नेता नेपाल उहाँसँग आक्रोशित हुनुभएको थियो ।

वार्ता टोली क्रियाशील भएसँगै नेता पाण्डेप्रति संशय ब्यक्त गर्नुभएका नेता नेपालसँग पछिल्ला दिनमा पाण्डेको सम्बन्धमा चिसो पन आएको छ ।  त्यसैगरी गत बुधबार नेता भीम रावलको निवासमा नेताहरु योगेश भट्टराई, ठाकुर गैरेलगायतका नेताहरुको छलफलमा पनि पार्टी एकता जोगाउनुपर्ने सहमति भएपछि नेता रावल लचक हुनुभएको थियो ।

त्यस लगत्तै नेता रावलप्रति पनि नेता नेपालले शंका गर्न थाल्नुभएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा शेरबहादुर देउवासहित १४६ सांसदले रिट दिँदा एमालेका २३ सांसदले हस्ताक्षर गरेका छन् । रिटको फैसला सोमबार सुनाइने सर्वाेच्चले जनाएको छ ।

यद्यपि सो रिटसम्बन्धी काबारहीलाई भने सोमबार हेर्दा हेर्दैमा राखिएको छ ।