२६ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

इंग्ल्यान्डलाई टाइब्रेकरमा हराउँदै इटालीले जित्यो युरो कपको उपाधि



अ+ अ-

एजेन्सी । इटालीले युरो २०२० को उपाधि जितेको छ । इंग्ल्यान्डलाई पेनाल्टी सुटआउटमा ३-२ गोलले हराउँदै इटालीले ट्रफी उचालेको हो । 

इंग्ल्यान्डको वेम्ब्ली स्टेडियममा भएको खेलमा निर्धारित समयसम्म १-१ गोलको बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा पनि थप गोल हुन नसक्दा खेल टाइब्रेकरमा गएको हो । 

खेलको दोस्रो मिनेटमा नै इंग्ल्यान्डका लुक शले गोल गर्दै इंग्ल्यान्डलाई सुरुवाती अग्रता दिलाएका थिए ।  

यता ६७ औं मिनेटमा लिओनार्दो बोनुचीले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।