१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?



अ+ अ-

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

अघिल्लो दिनको तुलनामा आज छापावाल सुनको मूल्य प्रतितोला १ हजार २ सय रूपैयाँ ले बढेर हालसम्मकै उच्च मूल्य तय भएको भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जानकारी दिएको छ ।

आज छापावाल सुनको मुल्य तोलामा १ हजार २ सय रूपैयाँले बढेर १ लाख ७ हजार ५ सय रूपैयाँ कायम भएको छ । बुधवार छापावाल सुन प्रतितोला १ लाख ६ हजार ३०० रुपैयाँमा कारेबार भएको थियो ।

यस्तै नेपाली सुनचाँदी बजारमा तेजावी सुन प्रतितोला १ लाख ७ हजार रूपैयाँमा कारोबार भईरहेको छ ।

त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ। चाँदी प्रतितोला २५ रुपैयाँले बढेर एक हजार ३ सय ९५ रुपैयाँमा कारोबार भईरहेको महासङ्घले जानकारी दिएको छ ।