२ पुष २०८२, बुधबार
,
Latest
ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु संसद विघटनविरुद्ध कांग्रेसको रिटमा कारण देखाऊ आदेश रूस र इरानद्वारा अन्तर्राष्ट्रिय यातायात मार्ग कार्यान्वयनलाई गति दिने प्रतिवद्धता ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध पाँच महिनामा एक अर्ब १४ करोड राजस्व सङ्कलन ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु जापान सरकारद्वारा धनुषामा दुई विद्यालय भवन निर्माण नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले उपाध्यक्ष तामाङलाई निलम्बन गर्‍यो भोजपुर–खोटाङ जोड्ने पर्यटकीयस्थल तावा भञ्ज्याङको प्रवर्द्धनको खाँचो
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्जेन्टिनी मिडफिल्डर एन्जो चेल्सीमा अनुबन्धित



अ+ अ-

काठमाडौं । अर्जेन्टिनी मिडफिल्डर एन्जो फर्नान्डेजलाई प्रिमियर लिग क्लब चेल्सीले अनुबन्ध गरेको छ ।

एन्जोलाई चेल्सीले पोर्चुगिज क्लब बेन्फिकाबाट कीर्तिमानी मूल्य १०७ मिलियन पाउण्डमा अनुबन्ध गरेको हो । एन्जोले चेल्सीसँग साढे आठ वर्षको सम्झौता गरेका छन् ।

एन्जोका लागि चेल्सीले खर्चिएको रकम बेलायती क्लबमा हालसम्म कै उच्च रकम बनेको छ । यस अघि म्यानचेस्टर सिटीले २०२१ मा ज्याक ग्रेलिसलाई कीर्तिमानी १०० मिलियन पाउन्डमा अनुबन्ध गरेको थियो ।

कतार विश्वकपमा एन्जोले उत्कृष्ट प्रदर्शन गरेका थिए । अर्जेन्टिनाले विश्वकप जित्दा उनले १ गोल गरेका थिए । साथै, उनी उत्कृष्ट युवा खेलाडीमा चुनिएका थिए ।