३ माघ २०८१, बिहीबार
,
Latest
कालीगण्डकी नदीमा र्‍याफ्टिङ सञ्चालन नर्थ लण्डन डर्बी: आर्सनलले टोटेनहमलाई हरायो अधिकारकर्मी ज्योति बानियाँले भने– वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि हातपात गर्नेमाथि अदालतले हस्तक्षेप गरोस् सर्वोच्च अदालतले खारेज गर्‍यो निकुञ्ज र आरक्षमा विकास आयोजनाको अनुमति दिने कानुन पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य बढ्यो शुद्ध खानेपानी तथा सरसफाईको क्षेत्रमा आवश्यक सहयोग गर्न मन्त्री यादवको आग्रह धरौटी बुझाएर रिहा भए रवि लामिछाने सुशासन र विकासका लागि सहमतिमै अध्यादेशहरु ल्याइएको होः प्रधानमन्त्री कांग्रेसको प्रशिक्षण प्रतिष्ठानको निर्देशकमा डा पोखरेल नियुक्त अधिवक्ता त्रिपाठीमाथि हातपात गर्ने पार्टीको सदस्य भए कारबाही गर्छौँः रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसले राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवारी दिने(भिडियोसहित)



file
अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवारी दिने भएको छ ।

पार्टिका सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बिहीबार बसेको संसदीय दल कार्यसमितिको बैठकले माघ २३ गते हुने उपाध्यक्षको चुनावमा उम्मेदवारी दिने निर्णय गरेको हो ।

प्रमुख सचेतक रमेश लेखकले उपाध्यक्षमा उम्मेदवार दिने र अन्य दलसँग पनि छलफल गरेर अघि बढ्ने निर्णय भएको बताए । यस्तै, राष्ट्रपतिमा प्रधानमन्त्रीले राष्ट्रिय सहमति गर्ने कुरा बताइसकेकाले कांग्रेस प्रधानमन्त्रीको भनाइप्रति विश्वस्त रहेको उनले बताए ।

लेखकले प्रधानमन्त्रीबाट आउने प्रस्तावका आधारमा कांग्रेसले थप निर्णय गर्ने समेत बताए । कांग्रेसले माघ २६ गते संसदीय दलको बैठक बोलाउने निर्णय गरेको उनले बताए ।