२ पुष २०८२, बुधबार
,
Latest
ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु संसद विघटनविरुद्ध कांग्रेसको रिटमा कारण देखाऊ आदेश रूस र इरानद्वारा अन्तर्राष्ट्रिय यातायात मार्ग कार्यान्वयनलाई गति दिने प्रतिवद्धता ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध पाँच महिनामा एक अर्ब १४ करोड राजस्व सङ्कलन ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु जापान सरकारद्वारा धनुषामा दुई विद्यालय भवन निर्माण नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले उपाध्यक्ष तामाङलाई निलम्बन गर्‍यो भोजपुर–खोटाङ जोड्ने पर्यटकीयस्थल तावा भञ्ज्याङको प्रवर्द्धनको खाँचो
तपाईं के खोज्दै हुनुहुन्छ ?

युएईमा आयोजना हुने दोस्रो ‘एनएसएसजि विन्टर फूटबल’ प्रतियोगिताको तयारी पूरा



अ+ अ-

यूएई । युएईको रसअल खेमामा रहेको नेपाली सामाजिक तथा खेलकुद ग्रुपले आगामी माघ २१ र २२ गते (फेब्रुअरी ४/५ मा) हुने दोस्रो एनएसएसजि विन्टर फूटबल प्रतियोगिताको तयारी पूरा भएको जानकारी गराएको छ ।

यूएईको रस–अल–खेमा स्थित अल हमरा खेलमैदानमा हुने प्रतियोगितामा नेपाली १६ टिमको सहभागिता हुनेछ ।

प्रतियोगितामाा बिजेता तथा उपबिजेता हुने टिमले क्रमशः २ लाख रुपैयाँ र एकलाख २० हजार रुपैयाँ नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतियोगिताको हरेक खेलमा एक उत्कृष्ट खेलाडी साथै समग्र प्रतियोगितामा उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता, उतकृष्ट खेलाडी एवं अनुशासित टिमलाई पुरस्कृत गरिने संस्थाका अध्यक्ष जीवन सिग्देलले जानकारी दिनुभयो ।

नेपाली सामाजिक तथा खेलकुद ग्रुपले संचालन गरेको प्रतियोगिताको प्रचारप्रसार, खेलमैदान ब्यवस्थापन लगायतको काम अन्तिम चरणमा पुगेको ग्रुपका सचिव भरत गौतमले जानकारी गराउदै प्रतियोगितालाई भब्यरुपले सम्पन्न गराउन आवश्यक सहयोग गर्न युएईमा रहेका नेपालीहरुलाई आग्रह समेत गर्नुभएको छ ।

रोजगार तथा ब्यवसायको शिलशिलामा यूएईमा रहेका नेपालीहरुलाई एकताबद्ध राख्नुनै यस नेपाली सामाजिक तथा खेलकुद ग्रुपको मूख्य उद्देश्य रहेको छ ।