३१ भाद्र २०८३, बुधबार
,
Latest
‘पृथ्वीराजमार्गको अलाइनमेन्ट नै परिवर्तन गर्नुपर्ने अवस्था छैन’–जैसी प्रतिनिधि सभा नियमावलीका विवादित प्रावधान कार्यान्वयनमा सर्वोच्चको रोक चामे–बेँसीसहर सडक अवरुद्ध इन्द्रध्वजको प्रतीक आइपुग्यो भोटाहिटीमा, शनिबार नगर प्रवेश गराइने दुर्घटनामा एक जनाको मृत्यु प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट भोटेकोशी बाढीप्रभावितका लागि एनसेल कर्मचारीद्वारा ३३ लाख ५० हजार सहयोग खराब प्रदर्शनबाट नेपालको २० औं एशियन गेम्सको शुरुवात विपद् व्यवस्थापनका लागि स्पष्ट टीओआरसहित संसदीय समिति गठन गर्न कांग्रेस सचेतक राईको माग भुमिहीनका रुपमा स्वघोषणा गरेका ४ जनाको नाममा जग्गा भेटिएपछि कारवाही गर्न निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रीहरुले संविधानको मूल्य र मान्यता विपरित टिप्पणी गरे स्विकार्य नहुने: शक्ति बस्नेत(भिडियोसहित)



अ+ अ-

काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र)का सांसद एवम् पूर्वमन्त्री शक्तिबहादुर बस्नेतले मन्त्रीहरुले संविधानको मूल्य र मान्यता विपरित फेरी टिप्पणी गरे स्विकार्य नहुने चेतावनी दिनु भएको छ ।

सरकारका केही मन्त्रीहरुले संघीयताविरुद्ध अभिव्यक्ति दिईरहेका बेला उहाँको यस्तो यस्तो धारणा राख्नु भएको हो । बुधबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद बस्नेतले मन्त्रीहरुलाई संविधानको मूल्यभन्दा बाहिर गएर अभिव्यक्ति दिने काम फेरी नगर्न सचेत गराउनु भयो । उहाँले सरकार संविधान कार्यान्वयन गर्ने निकाय भएकाले त्यसमा रहेका मन्त्रीहरुले त्यस्ता खालका गल्ती गर्न नहुने स्पष्ट पार्नु भयो । सांसद बस्नेतले भन्नु भयो, ‘संसदमा यो विषयमा बहस एक हदसम्म स्विकार्य पनि छ । सडकमा यसको बहस एक हदसम्म स्विकार्य पनि होला ।

हरेकले आ–आफ्नो मूल्य र मान्यतालाई स्विकार गरेर अघि बढलान । सरकार संविधानको कार्यान्वयन गर्ने संस्था क्याविनेट र क्याबिनेटका सदस्यहरुले संविधान संविधानका मूल्यभन्दा बाहिर गएर गर्ने टिप्पणी स्विकार्य हुन सक्दैन । र, यस्ता प्रकारका गल्तीहरु आगामी दिनमा नहून । यस्ता कुराहरुलाई सच्याईयोस् भन्ने कुरा सभामुख महोदयमार्फत राख्न चाहन्छु ।’

सांसद बस्नेतले राजनीतिक दलहरुलाई आ–आफ्नो दृष्टिकोण स्थापित गराउने छुट भएपनि सरकारमा रहेका मन्त्रीहरुलाई जथाभावी बोल्ने अनुमति संविधानले नदिएको पनि स्मरण गराउनु भयो । उहाँले परिवर्तनकारी शक्तिहरुलाई स्विकार गर्ने आँट नभएकाले पनि मुलुकमा व्यवस्था परिवर्तन भएपनि जनताको अवस्थामा भने परिवर्तन आउन नसकेको दावी समेत गर्नु भयो ।