२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुलशन झाले यू–१९ टोलीको कप्तानी गर्ने



अ+ अ-

काठमाडौं । गुलशन झाले यू–१९ क्रिकेट टिमको कप्तानी गर्ने भएका छन् ।

पोखरामा बसेको क्यानको बोर्ड बैठकले गुलशनलाई यूएईमा आयोजना हुने आइसिसी यू–१९ विश्वकप छनोट खेलको लागि कप्तानको जिम्मेवारी दिएको हो ।

आफ्नो करिअरमा पहिलो पटक कप्तानी गर्न लागेका गुलशनले नेपालबाट ९ ओडिआई र एक टि–२० आई खेलेका छन् । उनले सन् २०२१ सेप्टेम्बरमा यूएईविरुद्धको खेलबाट एकदिवसीय क्रिकेटमा डेब्यू गरेका थिए ।

नेपालले आइसिसी यू–१९ विश्वकप छनोट खेलको लागि १४ सदस्यीय टोली घोषणा गरेको छ ।

नेपाली यू–१९ टोली:

आकाश त्रिपाठी, अर्जुन कुमाल, दीपक बोहरा, दीपक बोहरा, उत्तम थापामगर (विकेटकिपर) दीपक डुम्रे (विकेटकिपर), दीपेश कँडेल, हेमन्त धामी, दुर्गेश गुप्ता, गुलशन झा, देव खनाल, सुवास भण्डारी, विशाल विक्रम केसी र मिलन बोहरा ।