२७ भाद्र २०८३, शनिबार
,
Latest
महाधिवेशनको तिथिमिति तलमाथि गर्नु हुँदैन: कांग्रेस नेता अब्दुल सत्तार ‘हामी सरकारलाई साथ दिन र मिलेर काम गर्न तयार छौं, तर सरकार पनि सहकार्यका लागि… नेपालले पाउनुपर्ने जलवायु न्याय पौडेलको ‘एड गुरु सिद्धान्त र अनुभव’ सार्वजनिक बेँसीसहर-चामे सडक आज दिनभर बन्द हुने नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने गुँला पर्व आज समापन हुँदै कालिका नगरपालिकाबाट ‘स्मार्ट कार्ड लाइसेन्स’ वितरण सुरु, भरतपुरसम्म आउनुपर्ने बाध्यता अन्त्य आज विश्व प्राथमिक उपचार दिवस जङ्गलमा भरुवा बन्दुक भेटिए, लागुपदार्थसहित महिला पक्राउ पोखरा बसपार्कका सुकुम्बासी व्यवस्थापन अघि बढाउँदै महानगर
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुलशन झाले यू–१९ टोलीको कप्तानी गर्ने



अ+ अ-

काठमाडौं । गुलशन झाले यू–१९ क्रिकेट टिमको कप्तानी गर्ने भएका छन् ।

पोखरामा बसेको क्यानको बोर्ड बैठकले गुलशनलाई यूएईमा आयोजना हुने आइसिसी यू–१९ विश्वकप छनोट खेलको लागि कप्तानको जिम्मेवारी दिएको हो ।

आफ्नो करिअरमा पहिलो पटक कप्तानी गर्न लागेका गुलशनले नेपालबाट ९ ओडिआई र एक टि–२० आई खेलेका छन् । उनले सन् २०२१ सेप्टेम्बरमा यूएईविरुद्धको खेलबाट एकदिवसीय क्रिकेटमा डेब्यू गरेका थिए ।

नेपालले आइसिसी यू–१९ विश्वकप छनोट खेलको लागि १४ सदस्यीय टोली घोषणा गरेको छ ।

नेपाली यू–१९ टोली:

आकाश त्रिपाठी, अर्जुन कुमाल, दीपक बोहरा, दीपक बोहरा, उत्तम थापामगर (विकेटकिपर) दीपक डुम्रे (विकेटकिपर), दीपेश कँडेल, हेमन्त धामी, दुर्गेश गुप्ता, गुलशन झा, देव खनाल, सुवास भण्डारी, विशाल विक्रम केसी र मिलन बोहरा ।