५ श्रावण २०८३, मंगलवार
,
Latest
हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय बजेट: वर्षमा ७ लाखसम्म कमाउनेले कर तिर्नु नपर्ने



अ+ अ-

भारतीय वित्तमन्त्री निर्मला सीतारमणले नयाँ आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै वर्षमा ७ लाखसम्म आम्दानी गर्नेले कुनै कर तिर्नुनपर्ने घोषणा गर्नुभएको छ । तर सोभन्दा बढी आम्दानी भएमा सम्बन्धित कर स्ल्याबको दर लागू हुनेछ ।

यसबाहेक पुराना ७ वटा कर स्ल्याब घटाएर अहिले ५ बनाइएको छ । तर, नयाँ कर प्रणालीमा केही कमी रहेको बताइएको छ । ७ लाखसम्म आम्दानी नहुँदासम्म कर नतिर्ने भए पनि त्यसपछिको रकममा अन्योल छ । वास्तवमा वित्तमन्त्रीले आफ्नो सम्बोधनमा नयाँ कर प्रणालीमा ७ लाखसम्म कर नलाग्ने स्पष्ट पार्नुभएको छ तर उहाँले पुरानो कर प्रणालीलाई पनि कायम राख्नुभएको छ ।

पुरानो र नयाँ कर प्रणालीमा अहिलेसम्म ५ लाखसम्म कर तिर्नु नपर्ने वित्तमन्त्री सीतारमणले बताउनुभयो । नयाँ कर व्यवस्थामा यो छुट रु ५ लाखबाट बढाएर ७ लाख पुर्याइएको छ ।

नयाँ कर प्रणालीमा ७ लाखसम्म आम्दानी भएकाले शून्य कर तिर्नुपर्नेछ । यससँगै उहाँले पुरानो कर प्रणालीमा पनि परिवर्तनको घोषणा गर्नुभएको छ । पुरानो कर व्यवस्थामा दुई लाख ५० हजारको छुटलाई बढाएर तीन लाख पुर्याइएको छ ।




भर्खरै