२ कार्तिक २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

वन निगमका सीईओ भट्टराईलाई बर्खास्त गर्ने सरकारको निर्णय



अ+ अ-

काठमाडौँ। सरकारले नेपाल वन निगमका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रामेश्वर भट्टराईलाई बर्खास्त गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भट्टराईलाई बर्खास्त गर्ने निर्णय गरेको हो। 

अदालतले ठगी मुद्दामा कैद र जरिवाना ठहर गरेको व्यक्तिलाई नराख्न वनमन्त्रालयले गरेको प्रस्तावमा मन्त्रिपरिषद्ले भट्टराईलाई बर्खास्त गरेको बताइएको छ। 

अदालतको सजाय हेरेर थप कारबाहीका लागि पनि बैठकले सिफारिस गरेको छ।

केपी ओली नेतृत्वको सरकारले भट्टराईलाई ४ वर्षका लागि नियुक्त गरेको थियो।