४ पुष २०८२, शुक्रबार
,
Latest
हारपछि विष्णु रिमालको प्रतिक्रिया–मेरो औपचारिक भूमिका परिवर्तन भयो कमजोर खर्च व्यवस्थापन र सुशासन सरकारको मुख्य चुनौतिः उद्योगमन्त्री सिन्हा पौष कृष्ण औँसीः गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्नेको घुइँचो अर्थमन्त्रीको आश्वासनः क्षतिग्रस्त भवन पुनर्निर्माणका लागि संघ सरकारले सहयोग गर्छ दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु रवि लामिछाने छुट पुर्जी लिन भैरहवा जाँदै नेपाल–भारत पर्यटन साझेदारी सुदृढ गर्ने लक्ष्यसहित पोखरामा इन्डिया–नेपाल टुरिजम मिट भोजपुरमा हिउँदे आलुमा डढुवाको सङ्क्रमण पाँच महिनामा चार सय ९६ घरेलु तथा साना उद्योग दर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रेस सङ्गठनले सुदूरपश्चिम र कर्णाली प्रदेशको भेला फागुनमा गर्ने



अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)निकट समाजवादी प्रेस सङ्गठनले आगामी फागुन १५ गतेभित्र सुदूरपश्चिम र कर्णाली प्रदेशको भेला गर्ने भएको छ ।

सङगठनको भेलालगत्तै लुम्बिनी प्रदेशको विस्तारित बैठकका साथै फागुन मसान्तभित्र सबै जिल्ला सम्मेलन सम्पन्न गर्न लागिएको छ ।

नीतिगत सुझाव दिन अध्यक्ष शम्भु श्रेष्ठको नेतृत्वमा तीन सदस्यीय नीतिगत सुझाव समिति गठन गरिएको छ । पार्टी केन्द्रले देशभरका कमिटी, विभाग र मोर्चा सङ्गठनसँग नीतिगत सुझाव माग गरेपछि सो समिति गठन गरिएको हो । समितिले सञ्चार क्षेत्रलाई थप व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक अध्ययन तथा विज्ञसँग छलफल गरी ती विषयलाई नीतिगत रुपमा पार्टीलाई सुझाव दिनेछ ।

यस्तै महासचिव भूपराज खड्काको अध्यक्षतामा पाँच सदस्यीय राजनीतिक तथा निर्वाचन समीक्षा प्रतिवेदन समिति गठन गरिएको उपाध्यक्ष सन्तराम बिडारीले जानकारी दिए । उक्त समितिले गत मङ्सिर ४ गते सम्पन्न प्रदेश र सङ्घको चुनावमा पार्टीले हासिल गरेको अवस्था तथा कमजोरीबारे प्रतिवेदन तयार गर्नेछ ।

पार्टी केन्द्रले सङ्गठनका कमिटी अद्यावधिक गर्ने, सदस्यता नवीकरण तथा वितरण गर्ने, पार्टी कमिटी गठनलगायत कार्य आगामी चैत मसान्तभित्र सम्पन्न गर्न समय दिएकाले निर्धारित समयसीमाभित्र जिम्मेवारी पूरा गर्न सबै जनवर्गीय सङ्गठन लागेका छन् । रासस