२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘पठान’ले दुई दिनमै कमायो २२० करोड



अ+ अ-

एजेन्सी । बलिउड फिल्म ‘पठान’ले पहिलो दिन जस्तै दोस्रो दिन पनि कीर्तिमान बनाएको छ । रिलिजको दोस्रो दिन फिल्मले ७० करोड कमाएको छ ।

घरेलु बक्स अफिसमा दुई दिनमा फिल्मको कुल कलेक्सन १२६ करोड पुगेको छ । पहिलो दिन ५६ करोड कमाएर पठान बलिउडको सबैभन्दा ठूलो ओपनिङ गर्ने फिल्म बनेको छ ।

यसले ऋतिक रोशनको फिल्म ‘वार’ र ‘केजीएफ च्याप्टर २’ को हिन्दी संस्करणको पहिलो दिनको कमाईलाई पनि पछाडि पार्यो । अब फिल्मले दोस्रो दिन पनि कीर्तिमानी कमाई गरेको छ । फिल्म समीक्षकको विश्वास गर्ने हो भने पठानले यसरी नै कमाइ गरिरहे आगामी दिनमा धेरै ठूला रेकर्ड तोड्न सक्नेछन् ।

बक्स अफिस इन्डिया रिपोर्टका अनुसार पठानले दोस्रो दिन विश्वभर करिब ११२ करोड भारु कलेक्सन गरेको छ । पहिलो दिनमा १०३ करोडको कलेक्सन जोड्ने हो भने फिल्मले दुई दिनमा २१५ करोड कमाएको छ । अर्कोतर्फ साउथ रिजनको ६ करोड जोडिएमा फिल्मको कुल कमाई २२० करोड नाघेको छ ।

सिद्धार्थ आनन्दको निर्देशन रहेको यस फिल्ममा शाहरुख खान र दीपिका पादुकोणसँगै जोन अब्राहम पनि प्रमुख भूमिकामा छन् ।