३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

मिड भ्याली इन्टरनेसनल कलेज र इस्ट चाइना युनिभर्सिटी अफ टेक्नोलोजीबिच शैक्षिक सहकार्य विस्तार, ११ विद्यार्थी चीन जाने

मिड भ्याली इन्टरनेसनल कलेज र इस्ट चाइना युनिभर्सिटी अफ टेक्नोलोजीबिच शैक्षिक सहकार्य विस्तार, ११ विद्यार्थी चीन जाने
अ+ अ-

काठमाडौं । मिड भ्याली इन्टरनेसनल कलेजले चीनको इस्ट चाइना युनिभर्सिटी अफ टेक्नोलोजी (ईसीयूटी) सँगको शैक्षिक सहकार्यलाई थप सुदृढ बनाउँदै सन् २०२६ को ‘ईसीयूटी कल्चरल एक्सचेन्ज प्रोग्राम’ सुरु गरेको छ।

कार्यक्रमको औपचारिक सुरुवातका अवसरमा ईसीयूटी अन्तर्राष्ट्रिय विद्यालयका उपडिन झोउ लिङ र अन्तर्राष्ट्रिय सहकार्य तथा आदान–प्रदान कार्यालयका शाखा प्रमुख फान झेनछ्वानले नेपालको औपचारिक भ्रमण गरेका हुन्। भ्रमणका क्रममा उनीहरूले मिड भ्याली इन्टरनेसनल कलेजका नेतृत्व, प्राध्यापक तथा कार्यक्रममा सहभागी हुने विद्यार्थीसँग भेटघाट तथा अन्तरक्रिया गरेका थिए।

यस कार्यक्रमअन्तर्गत मिड भ्याली इन्टरनेसनल कलेज र ग्यालेक्सी पब्लिक स्कुलका ११ जना विद्यार्थी आगामी अक्टोबर २५ देखि नोभेम्बर ४, २०२६ सम्म चीनको नानछाङ सहरमा आयोजना हुने अन्तर्राष्ट्रिय शैक्षिक तथा सांस्कृतिक आदान–प्रदान कार्यक्रममा सहभागी हुनेछन्।

भ्रमणका क्रममा विद्यार्थीहरूले चिनियाँ भाषा तथा संस्कृतिसम्बन्धी कार्यशालामा सहभागिता जनाउने, ऐतिहासिक सम्पदा र संग्रहालयको अवलोकन गर्ने, परम्परागत चिनियाँ कला र संस्कृतिको अनुभव लिने तथा जिङदेजेन र वुयुआन क्षेत्रको भ्रमण गर्ने कार्यक्रम रहेको छ। साथै, उनीहरूले ईसीयूटीद्वारा आयोजना गरिने अन्तर्राष्ट्रिय सांस्कृतिक महोत्सवमा सहभागी भई विभिन्न देशका विद्यार्थीसँग अनुभव आदान–प्रदान गर्ने अवसर पनि प्राप्त गर्नेछन्।

ईसीयूटीका प्रतिनिधिहरूले कार्यक्रममा विद्यार्थी जीवन, विश्वविद्यालयको शैक्षिक वातावरण तथा विश्वव्यापी शिक्षाको महत्वबारे जानकारी गराएका थिए। साथै, सहभागी विद्यार्थीहरूले आफ्ना जिज्ञासा राख्दै आगामी चीन भ्रमणबारे प्रत्यक्ष जानकारी लिने अवसर पाएका थिए।

कार्यक्रमका अवसरमा मिड भ्याली इन्टरनेसनल कलेज व्यवस्थापनले ईसीयूटीप्रति आभार व्यक्त गर्दै यस सहकार्यले नेपाली विद्यार्थीलाई अन्तर्राष्ट्रिय स्तरको अध्ययन, सांस्कृतिक अनुभव र विश्वदृष्टिकोण विकास गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।

कलेजले यस्ता अन्तर्राष्ट्रिय साझेदारीमार्फत विद्यार्थीलाई विश्वस्तरीय शैक्षिक अवसर, व्यवहारिक सिकाइ, अन्तरसांस्कृतिक बुझाइ तथा विश्वव्यापी परिवेशमा आवश्यक सीप विकास गर्ने अवसर उपलब्ध गराउँदै आएको जनाएको छ।

मिड भ्याली इन्टरनेसनल कलेज, ग्यालेक्सी पब्लिक स्कुल र ईस्ट चाइना युनिभर्सिटी अफ टेक्नोलोजीबीचको सहकार्यले नेपाल–चीनबीचको शैक्षिक सम्बन्धलाई थप मजबुत बनाउँदै विद्यार्थीलाई अन्तर्राष्ट्रिय आदान–प्रदान, सांस्कृतिक अनुभव तथा विश्वस्तरीय शैक्षिक अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।