२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘पठान’ले दुई दिनमै कमायो २२० करोड



अ+ अ-

एजेन्सी । बलिउड फिल्म ‘पठान’ले पहिलो दिन जस्तै दोस्रो दिन पनि कीर्तिमान बनाएको छ । रिलिजको दोस्रो दिन फिल्मले ७० करोड कमाएको छ ।

घरेलु बक्स अफिसमा दुई दिनमा फिल्मको कुल कलेक्सन १२६ करोड पुगेको छ । पहिलो दिन ५६ करोड कमाएर पठान बलिउडको सबैभन्दा ठूलो ओपनिङ गर्ने फिल्म बनेको छ ।

यसले ऋतिक रोशनको फिल्म ‘वार’ र ‘केजीएफ च्याप्टर २’ को हिन्दी संस्करणको पहिलो दिनको कमाईलाई पनि पछाडि पार्यो । अब फिल्मले दोस्रो दिन पनि कीर्तिमानी कमाई गरेको छ । फिल्म समीक्षकको विश्वास गर्ने हो भने पठानले यसरी नै कमाइ गरिरहे आगामी दिनमा धेरै ठूला रेकर्ड तोड्न सक्नेछन् ।

बक्स अफिस इन्डिया रिपोर्टका अनुसार पठानले दोस्रो दिन विश्वभर करिब ११२ करोड भारु कलेक्सन गरेको छ । पहिलो दिनमा १०३ करोडको कलेक्सन जोड्ने हो भने फिल्मले दुई दिनमा २१५ करोड कमाएको छ । अर्कोतर्फ साउथ रिजनको ६ करोड जोडिएमा फिल्मको कुल कमाई २२० करोड नाघेको छ ।

सिद्धार्थ आनन्दको निर्देशन रहेको यस फिल्ममा शाहरुख खान र दीपिका पादुकोणसँगै जोन अब्राहम पनि प्रमुख भूमिकामा छन् ।