१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मृतक आचार्यको उपचारमा लागेको सबै खर्च अस्पतालले ब्यहोर्ने



अ+ अ-

काठमाडौं । कीर्तिपुर अस्पतालले इलामको सूर्योदय नगरपालिकाका प्रेम प्रसाद आचार्यको उपचारमा लागेको सबै खर्च ब्यहोर्ने भएको छ ।

अस्पतालले आज एक प्रेस विज्ञप्ति जारी गर्दै मृतकका परिवारको राहत स्वरूप आचार्यको उपचारमा लागेको सम्पूर्ण खर्च छुट दिने जनाएको हो ।

३७ वर्षीय आचार्यको मंगलबार दिउँसोबाट सो अस्पतालको आकस्मिक विभागमा उपचार भएको थियो । आचार्यको आज बिहान ६ बजे उपचारकै क्रममा निधन भएको छ ।

आचार्यले हिजो नयाँ वानेश्वरस्थित सङ्घीय संसद भवनअगाडि आत्मदाहको प्रयास गरेका थिए । आफैलाई पेट्रोल छर्किएर आगो लगाएका आचार्यलाई ८० प्रतिशत भन्दा बढी जलेको अवस्थामा अस्पताल पुर्‍याइएको थियो ।