२१ आश्विन २०८१, सोमबार
,
Latest
विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही गर्न पत्राचार निम्न वर्गका जनताले पनि जलविद्युतमा १० प्रतिशत शेयर लगानी गर्ने वातावरण बनाउँछौंः मन्त्री खड्का नेपाल एयरलाइन्सले काठमाडौँ–भैरहवा उद्धार उडान गर्ने झगडापछि एक युवकको मृत्यु राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता: रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६ हमास आक्रमणको एक बर्ष: युद्धविराम र बन्धकको रिहाइका लागि विश्व समुदायको दवाव प्रधानमन्त्री ओलीद्वारा विद्युतको क्षमता विस्तार र खपत वृद्धिको कार्ययोजनामाथि छलफल खप्तडमा नेपाली सेनाद्वारा सञ्चालित स्वास्थ्य सेवाबाट बिरामीलाई राहत
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाइलटलाई अभद्र व्यवहार गरेको आरोपमा छजना पक्राउ



अ+ अ-

वालिङ । प्रभु हेलिकप्टरका पाइलटलाई अभद्र व्यवहार गरेको आरोपमा छ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बिहीबार स्याङ्जाको वालिङ नगरपालिका–८ मा फुटबल खेल जारी रहेको खेलमैदानमा हेलिकप्टर अवतरण गरेका प्रभु हेलिकप्टरका पाइलट क्याप्टेन रनेश डङ्गोललाई अभद्र व्यवहार गरेको आरोपमा उनीहरुलाई वडा प्रहरी कार्यालयले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता पदमराज थापाले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा हेलिकप्टर चढेर पोखरादेखि वालिङ आएका चार यात्रु तथा खेल भइरहेको स्थानमा हेलिकप्टर अवतरण गरेपछि अभद्र व्यवहार गर्ने दुई जना रहेका छन् । उनीहरुमाथि अभद्र व्यवहार गरेको आरोपमा मुद्दा दर्ता गरिएको छ ।

हेलिकप्टरमा आएका यात्रुमा वालिङका विनोद गैरे, उज्ज्वल थापा, सुशील गिरी र खीमबहादुर राना छन् । उनीहरुले पाइलट डङ्गोललाई जबरजस्ती खेल भइरहेको मैदानमा हेलिकप्टर अवतरण गर्न लगाएको प्रहरी प्रवक्ता थापाले बताउनुभयो । हेलिकप्टर अवतरण गरेपश्चात पाइलटमाथि वालिङका यामबहादुर गुरुङ र सुरेश श्रेष्ठले अभद्र व्यवहार गरेको प्रहरीले जनाएको छ । स्थानीय प्रशासन तथा खेल आयोजक क्लबलाई पूर्वसूचना नदिइकन खेल भइरहेको स्थानमा हेलिकप्टर अवतरण गरिएको थियो ।रासस