• ३२ जेष्ठ २०८१, शुक्रबार
  •      Fri Jun 14 2024
  •   Unicode
Logo
Latest
★   राष्ट्रपति पौडेलले भोलिदेखि जर्मनीको औपचारिक भ्रमण गर्नुहुँदै ★   सडक बनेको १८ वर्षपछि स्तरोन्नति ★   सदनमा उठेका विषयको जवाफ दिन सरकारलाई सभामुखको रूलिङ ★   कांग्रेसका नेताहरूमाथि गृहमन्त्रीले लगाएको आरोपमा प्रधानमन्त्रीले जवाफ दिनुपर्छ: कांग्रेस ★   म्याग्दीमा कृषि विकासका विविध कार्यक्रम कार्यान्वयनमा ★   पृथ्वीराजमार्गमा सवारी दुर्घटना: घाइते २० मध्ये पाँचजना गम्भीर ★   रातो मच्छिन्द्रनाथ रथयात्रा साउन १७ मा ★   अफगानिस्तान टी–२० विश्वकपको सुपर–८ मा प्रवेश ★   गृहमन्त्री रविका सय दिन : के गरे ? के गर्न सकेनन् ? ★   ताप्लेजुङमा पहिरोमा परी एकै परिवारका चारजनाको मृत्यु, दुई घाइते

आदिलले गरेका दुई ओभरको स्पट फिक्सिङ यस्तो



काठमाडौं । राष्ट्रिय क्रिकेटर मोहम्मद आदिल आलमले नेपाल टी–२० लिगमा दुई खेलका दुई वटा ओभरमा स्पट फिक्सिङ गरेको प्रहरी केन्द्रिय अनुसन्धान ब्युरो (सिआईबी) ले जनाएको छ । आदिलले मेहबुब आलमले प्रस्ताव गरे बमोजिम स्पट फिक्सिङ गरेको बताईएको छ ।

स्पट फिक्सिङमा संलग्न भएका मेहबुबबाट आदिललाई एउटा नो बल र एउटा वाइड फाल्न एप्रोच भएको सिआईबीले बताएको छ । जनकपुर रोयल्सबाट खेलेका आदिलले पुस १२ गते काठमाडौं नाइट्स र १४ गते फार वेष्ट युनाइटेडविरुद्धको खेलहरुमा मेहबुबको प्रस्ताव कार्यान्वयन गरेका थिए ।

आदिलले पुस १२ गते भएको काठमाडौं नाइट्सविरुद्धको खेलमा ४ ओभरमा दुई वाइड र एक नो बल गरी ३८ रन खर्चेर १ विकेट लिएका थिए । उनले ११.१ ओभरमा नो बल खेलेका थिए । त्यसको लगत्तै अर्को बलमा वाइड गरेका थिए ।

पुस १४ गते फारवेष्ट युनाइटेडविरुद्धको खेलमा भने आदिलले एक ओभरमात्र बलिङ गर्न पाए । पावर प्लेको अन्तिम ओभर खेल्न पाएका आदिलले पहिलो बल नो बल फाले भने लगत्तैको दोस्रो बल वाइड गरे ।

आदिलले कसले फिक्सिङको प्रस्ताव गरेको र कति रुपैयाँको सहमति भएको भन्नेबारे भने केहि खुलाएका छैनन् । आदिल सोमबार गृहनगर सप्तरीको राजविराजबाट पक्राउ परेका थिए।