१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारत–न्युजिल्यान्ड तेस्रो एकदिवसीयः रोहित शर्मा र शुभमन गिल दुबैको शतक



अ+ अ-

एजेन्सी । भारत र न्यूजिल्याण्डबीचको एकदिवसीय सिरिजको तेस्रो खेल मंगलबार इन्दौरको होल्कर स्टेडियममा जारी छ ।

न्युजिल्याण्डले टस जितेर भारतलाई पहिले ब्याटिङको निम्तो दिएको छ ।

पहिले ब्याटिङ गरेको भारतले यो समाचार तयार पार्दा २७.६ ओभरमा दुई विकेट गुमाएर २३० रन बनाएको छ । रोहित शर्मा र शुभमन गिलले शतक बनाएका छन् । शर्माले ८५ बलमा १०१ रन बनाउँदै आउट हुँदा ७८ बल खेलेका गिल ११२ रन बनाएर पेभिलियन फर्किए ।

शर्माले ९ चौका र ६ छक्का प्रहार गरे भने गिलले १३ चौका र ५ छक्का प्रहार गरे ।