९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

मङ्गल ग्रहमा अमेरिकी यान पर्सिभिअरन्सको १०० दिनका रोमाञ्चक तस्बिरहरू



अ+ अ-

एजेन्सी । नासाको पर्सिभिअरन्स यान मङ्गल ग्रहमा अवतरण गरेर जीवाशंका खोजीको साथसाथै त्यहाँको भूबनोट र मौसमको अध्ययन थालेको उक्त ग्रहको १०० दिन पुगेको छ।

फेब्रुअरी १८ को दिन अवतरण गरेको यानले मङ्गल ग्रहमा रोमाञ्चक तस्बिरहरू खिचेको छ। पर्सिभिअरन्ससँगै त्यहाँ पठाइएको सानो हेलिकप्टरले पनि तस्बिरहरू खिचेको छ।

अहिलेसम्म पृथ्वी आइपुगेको मङ्गल ग्रहका केही छानिएका तस्बिरहरू यस्ता छन् :

मङ्गल ग्रहको चट्टान

यानबाट साढे दुई किलोमिटर टाढा रहेको सान्ता क्रुज पहाड।

मे ७ मा हेलिकप्टर ३३ फिट माथि पुगेर ४२३ फिट पर अवतरण गरेको थियो।

एक टनको पर्सभिअरन्स यान दुई महिनापछि आफ्नो अवतरण गरेको स्थानबाट अध्ययनका लागि यात्रामा निस्केको थियो।

हेलिकप्टरले तेस्रो उडानको क्रममा खिचेको तस्बिरमा पर्सिभिअरन्स यान देखिन्छ।

हेलिकप्टरले खिचेको मङ्गल ग्रहको सतहको तस्बिरएप्रिल १९ मा हेलिकप्टर १० फिटमाथि उडेर पृथ्वीबाहिर पहिलो पटक नियन्त्रित उडान गर्ने यन्त्र बन्यो।

एक किलो ८०० ग्रामको हेलिकप्टर मङ्गल ग्रहको पातलो वायुमण्डलमा उडान प्रविधिको परीक्षण थियो।

एप्रिल ६ मा पर्सिभिअरन्सले आफ्नो सेल्फी खिचेको थियो। यो तस्बिर ६२ वटा तस्बिरहरू जोडेर बनाइएको हो।

त्यसको केही दिन अगाडिसम्म हेलिकप्टर यानको मुनि रहेको थियो ।