• २४ असार २०८१, सोमबार
  •      Mon Jul 8 2024
  •   Unicode
Logo

म्यान्चेस्टर युनाइटेडविरुद्ध आर्सनलको रोमाञ्चक जित



एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आर्सनलले जित निकालेको छ । आइतबार राति सम्पन्न खेलमा आर्सनलले चिरप्रतीद्वन्द्वी म्यान्चेस्टर युनाइटेडलाई घरेलु मैदान इमिरेट्स स्टेडियममा ३–२ गोलले पराजित गरेको हो ।

खेलको १७ औं मिनेटमा मार्कुस रासफोर्डले गोल गर्दै युनाइटेडलाई सुरुवाती अग्रता दिलाएका थिए । २४ औं मिनेटमा एड्डी केटियाहले गोल गर्दै आर्सनललाई १–१ को बराबरीमा ल्याए ।

५३ औं मिनेटमा बुकायो साकाले डी–बक्स बाहिरबाट सानदार गोल गर्दै आर्सनललाई २–१ गोलको स्थितीमा पुर्याए । ५९ औं मिनेटमा लिसान्ड्रो मार्टिनेजले हेडरमार्फत गोल गर्दै युनाइटेडलाई २–२ को बराबरीमा ल्याए ।

खेल सकिनै लाग्दा ९० औं मिनेटमा केटियाहले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गर्दै आर्सनललाई जित दिलाए ।

जितसँगै आर्सनलले १९ खेलबाट ५० अंक जोड्दै दोस्रो स्थानमा रहेको म्यान्चेस्टर सिटीसँग ५ अंकको अग्रता बनाएको छ । यता पराजित युनाइटेड २० खेलबाट ३९ अंकसहित चौंथो स्थानमा रहेको छ ।