५ भाद्र २०८३, शुक्रबार
,
Latest
प्रधानमन्त्री शाह पोखरा भ्रमणमा, अस्तामस्थित इको भिलेजमा बस्ने (तस्बिरसहित) बाँसबारीमा जमिन भासिँदा साढे दुईतले घर पल्टियो पुरानो पहिरोको पिरलो ‘सुपर एल निनो’ को उच्च जोखिमः पूर्वतयारी र जल–ऊर्जा सुरक्षामा जोड दिन ऊर्जामन्त्रीको निर्देशन रास्वपा केन्द्रीय समितिको बैठक सुरु गाडी मात्र होइन, अटोमोबाइल उद्योगको पूरा इकोसिस्टम देखाउँदै नाडा अटो शो पुराना र अदालतबाट निरुपण भइसकेका विषयमा पुनः छलफल आवश्यक छैनः उपनेता अर्याल सूचना प्रवाह कानूनी बाध्यताको विषय हो, यसमा समितिको थप निर्देशन आवश्यक छैनः वर्षमान पुन संसदीय सुनुवाई समितिको क्षेत्राधिकार र गोपनीयतामा सचेत बन्न रास्वपा प्रमुख सचेतक बुर्लाकोटीको आग्रह गरिमालाई न्याय माग्दै माइतीघरमा प्रदर्शन-फोटो फिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्यान्चेस्टर युनाइटेडविरुद्ध आर्सनलको रोमाञ्चक जित



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आर्सनलले जित निकालेको छ । आइतबार राति सम्पन्न खेलमा आर्सनलले चिरप्रतीद्वन्द्वी म्यान्चेस्टर युनाइटेडलाई घरेलु मैदान इमिरेट्स स्टेडियममा ३–२ गोलले पराजित गरेको हो ।

खेलको १७ औं मिनेटमा मार्कुस रासफोर्डले गोल गर्दै युनाइटेडलाई सुरुवाती अग्रता दिलाएका थिए । २४ औं मिनेटमा एड्डी केटियाहले गोल गर्दै आर्सनललाई १–१ को बराबरीमा ल्याए ।

५३ औं मिनेटमा बुकायो साकाले डी–बक्स बाहिरबाट सानदार गोल गर्दै आर्सनललाई २–१ गोलको स्थितीमा पुर्याए । ५९ औं मिनेटमा लिसान्ड्रो मार्टिनेजले हेडरमार्फत गोल गर्दै युनाइटेडलाई २–२ को बराबरीमा ल्याए ।

खेल सकिनै लाग्दा ९० औं मिनेटमा केटियाहले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गर्दै आर्सनललाई जित दिलाए ।

जितसँगै आर्सनलले १९ खेलबाट ५० अंक जोड्दै दोस्रो स्थानमा रहेको म्यान्चेस्टर सिटीसँग ५ अंकको अग्रता बनाएको छ । यता पराजित युनाइटेड २० खेलबाट ३९ अंकसहित चौंथो स्थानमा रहेको छ ।