• १९ बैशाख २०८१, बुधबार
  •      Wed May 1 2024
  •   Unicode
Logo
Latest
★   विभिन्न देशका ओलम्पिक खेलाडी विराटनगरमा ★   यी ४ टोली टी–२० विश्वकपको सेमिफाइनल पुग्ने, इंग्ल्याण्डका पूर्व कप्तानले गरे भविष्यवाणी ★   पशुपति आर्यघाटको विद्युत् शवदाह साउन १ देखि नि:शुल्क गरिने ★   बेलायतमा नेपाली कन्सर्ट हुँदै ★   आमिर खानले छिट्टै शाहरुख–सलमानसँग फिल्म गर्ने ★   दक्ष जनशक्तिलाई रोजगारदातासँग जोड्ने सिप मेलाको लक्ष्य हो: उपप्रमुख डंगोल ★   अष्पष्ट दृष्टिकोण र निराशाजनक भाष्यबीच अस्तव्यस्त कृषि ★   दक्षिणी चीनमा राजमार्ग भासिँदा कम्तीमा १९ जनाको मृत्यु, दर्जनौं घाइते ★   प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर स्वदेश फिर्ता ★   धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’

प्रमुख विपक्षी दलमा नेपाली कांग्रेस र नेमकिपाको दाबी, निर्णय गर्ने अधिकार सभामुखमा



काठमाडौँ । प्रमुख प्रतिपक्षी दलले पाउने संवैधानिक सेवा सुविधा मागदाबीसहित संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले निवेदन दिएको छ । प्रमुख प्रतिपक्षी दलको हैसियत आफूले पाउनुपर्ने भन्दै नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले यसअघि नै निवेदन दिएको छ ।

नेपाली कांग्रेस संसदीय दलले प्रमुख प्रतिपक्षी दलको मान्यता पाउनुपर्ने भन्दै सांसद सुविधा व्यवस्थापन शाखामा निवेदन दिएको हो । निवेदनमा प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवा भएकाले विपक्षी दल र दलको नेताले पाउने सेवा सुविधा उपलब्ध गराइदिनुपर्ने माग गरिएको छ ।

दुवै दलले निवेदन दिएकाले अहिलेसम्म प्रमुख प्रतिपक्षी दलका विषयमा केही निर्णय भएको छैन । निर्णयको विशेषाधिकार सभामुखमा रहेको संसद् सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिइसकेपछि नेपाली कांग्रेसले प्रमुख प्रतिपक्षी दलको हैसियत गुमाएको नेमकिपाले बताउँदै आएको छ । नेमकिपाले विश्वासको विपक्षमा मत दिएको थियो । उसले प्रमुख प्रतिपक्षी दलको मान्यता आफ्नो दलले पाउनुपर्ने बताउँदै आएको छ ।

प्रमुख विपक्षी दल र विपक्षी दलको नेताले पारिश्रमिकका साथै विशेष भत्ता, बैठक भत्ता, सञ्चार, आवास, फर्निचर, सचिवालय, सुरक्षाकर्मी तथा केही कर्मचारी सुविधा प्राप्त गर्ने व्यवस्था छ ।