• १९ बैशाख २०८१, बुधबार
  •      Wed May 1 2024
  •   Unicode
Logo
Latest
★   श्रमिकको हितसँग जोडिएका नीतिगत व्यवस्थाको प्रभावकारी कार्यान्वयन आवश्यक : राष्ट्रियसभा अध्यक्ष दाहाल ★   अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा सभामुखको शुभकामना ★   श्रमिक अधिकार कार्यान्वयन गर्न सरकार प्रयत्नशील छ : प्रधानमन्त्री दाहाल ★   श्रम र श्रमिकको सम्मान गर्ने प्रण गरौँ : उपराष्ट्रपति यादव ★   वेस्ट इन्डिजविरुद्ध नेपालले आज तेस्रो खेल खेल्दै ★   मर्यादित श्रमको वातावरण निर्माण गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्नुपर्दछ : राष्ट्रपति पौडेल ★   आज मे १ अर्थात् अन्तर्राष्ट्रिय श्रमिक दिवस (फाेटाे फिचरसहित) ★   लखनउले मुम्बईलाई ४ विकेटले हरायो ★   च्याम्पियन्स लिगः बायर्न र रियलले बराबरी खेले ★   एमालेको विजय सभाबाट फर्किँदै गरेको पिकअप दुर्घटना, १९ जना घाइते

प्रमुख विपक्षी दलमा नेपाली कांग्रेस र नेमकिपाको दाबी, निर्णय गर्ने अधिकार सभामुखमा



काठमाडौँ । प्रमुख प्रतिपक्षी दलले पाउने संवैधानिक सेवा सुविधा मागदाबीसहित संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले निवेदन दिएको छ । प्रमुख प्रतिपक्षी दलको हैसियत आफूले पाउनुपर्ने भन्दै नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले यसअघि नै निवेदन दिएको छ ।

नेपाली कांग्रेस संसदीय दलले प्रमुख प्रतिपक्षी दलको मान्यता पाउनुपर्ने भन्दै सांसद सुविधा व्यवस्थापन शाखामा निवेदन दिएको हो । निवेदनमा प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवा भएकाले विपक्षी दल र दलको नेताले पाउने सेवा सुविधा उपलब्ध गराइदिनुपर्ने माग गरिएको छ ।

दुवै दलले निवेदन दिएकाले अहिलेसम्म प्रमुख प्रतिपक्षी दलका विषयमा केही निर्णय भएको छैन । निर्णयको विशेषाधिकार सभामुखमा रहेको संसद् सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिइसकेपछि नेपाली कांग्रेसले प्रमुख प्रतिपक्षी दलको हैसियत गुमाएको नेमकिपाले बताउँदै आएको छ । नेमकिपाले विश्वासको विपक्षमा मत दिएको थियो । उसले प्रमुख प्रतिपक्षी दलको मान्यता आफ्नो दलले पाउनुपर्ने बताउँदै आएको छ ।

प्रमुख विपक्षी दल र विपक्षी दलको नेताले पारिश्रमिकका साथै विशेष भत्ता, बैठक भत्ता, सञ्चार, आवास, फर्निचर, सचिवालय, सुरक्षाकर्मी तथा केही कर्मचारी सुविधा प्राप्त गर्ने व्यवस्था छ ।