२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रमुख विपक्षी दलमा नेपाली कांग्रेस र नेमकिपाको दाबी, निर्णय गर्ने अधिकार सभामुखमा



अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्षी दलले पाउने संवैधानिक सेवा सुविधा मागदाबीसहित संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले निवेदन दिएको छ । प्रमुख प्रतिपक्षी दलको हैसियत आफूले पाउनुपर्ने भन्दै नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले यसअघि नै निवेदन दिएको छ ।

नेपाली कांग्रेस संसदीय दलले प्रमुख प्रतिपक्षी दलको मान्यता पाउनुपर्ने भन्दै सांसद सुविधा व्यवस्थापन शाखामा निवेदन दिएको हो । निवेदनमा प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवा भएकाले विपक्षी दल र दलको नेताले पाउने सेवा सुविधा उपलब्ध गराइदिनुपर्ने माग गरिएको छ ।

दुवै दलले निवेदन दिएकाले अहिलेसम्म प्रमुख प्रतिपक्षी दलका विषयमा केही निर्णय भएको छैन । निर्णयको विशेषाधिकार सभामुखमा रहेको संसद् सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिइसकेपछि नेपाली कांग्रेसले प्रमुख प्रतिपक्षी दलको हैसियत गुमाएको नेमकिपाले बताउँदै आएको छ । नेमकिपाले विश्वासको विपक्षमा मत दिएको थियो । उसले प्रमुख प्रतिपक्षी दलको मान्यता आफ्नो दलले पाउनुपर्ने बताउँदै आएको छ ।

प्रमुख विपक्षी दल र विपक्षी दलको नेताले पारिश्रमिकका साथै विशेष भत्ता, बैठक भत्ता, सञ्चार, आवास, फर्निचर, सचिवालय, सुरक्षाकर्मी तथा केही कर्मचारी सुविधा प्राप्त गर्ने व्यवस्था छ ।