• १९ बैशाख २०८१, बुधबार
  •      Wed May 1 2024
  •   Unicode
Logo
Latest
★   वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपालले गुमायो चौंथो विकेट, आउट भए बम ★   डढेलोले वन जल्यो, नरकुमारीको मन जल्यो ! ★   वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपालले गुमायो तेस्रो विकेट ★   नासा र बोइङद्वारा स्टारलाइनरको पहिलो क्रु मिसन अन्तरिक्ष स्टेशनमा पठाउने ★   ‘श्रम क्षेत्रका विभेद हटाउन नीतिगत सुधार जरुरी’ ★   वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपाललाई दोस्रो झट्का ★   विश्व श्रमिक दिवस: कच्ची घरमा बसेर महल ठ्डयाउने ‘रुवि’ ★   वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपालले गुमायो पहिलो विकेट ★   तनहुँ जलविद्युत् आयोजना: प्रसारण लाइनको काम ७३ प्रतिशत सकियो ★   जोनसनको शतकमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो २२८ रनको लक्ष्य

प्रमुख विपक्षी दलमा नेपाली कांग्रेस र नेमकिपाको दाबी, निर्णय गर्ने अधिकार सभामुखमा



काठमाडौँ । प्रमुख प्रतिपक्षी दलले पाउने संवैधानिक सेवा सुविधा मागदाबीसहित संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले निवेदन दिएको छ । प्रमुख प्रतिपक्षी दलको हैसियत आफूले पाउनुपर्ने भन्दै नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले यसअघि नै निवेदन दिएको छ ।

नेपाली कांग्रेस संसदीय दलले प्रमुख प्रतिपक्षी दलको मान्यता पाउनुपर्ने भन्दै सांसद सुविधा व्यवस्थापन शाखामा निवेदन दिएको हो । निवेदनमा प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवा भएकाले विपक्षी दल र दलको नेताले पाउने सेवा सुविधा उपलब्ध गराइदिनुपर्ने माग गरिएको छ ।

दुवै दलले निवेदन दिएकाले अहिलेसम्म प्रमुख प्रतिपक्षी दलका विषयमा केही निर्णय भएको छैन । निर्णयको विशेषाधिकार सभामुखमा रहेको संसद् सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिइसकेपछि नेपाली कांग्रेसले प्रमुख प्रतिपक्षी दलको हैसियत गुमाएको नेमकिपाले बताउँदै आएको छ । नेमकिपाले विश्वासको विपक्षमा मत दिएको थियो । उसले प्रमुख प्रतिपक्षी दलको मान्यता आफ्नो दलले पाउनुपर्ने बताउँदै आएको छ ।

प्रमुख विपक्षी दल र विपक्षी दलको नेताले पारिश्रमिकका साथै विशेष भत्ता, बैठक भत्ता, सञ्चार, आवास, फर्निचर, सचिवालय, सुरक्षाकर्मी तथा केही कर्मचारी सुविधा प्राप्त गर्ने व्यवस्था छ ।