१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

नासा र बोइङद्वारा स्टारलाइनरको पहिलो क्रु मिसन अन्तरिक्ष स्टेशनमा पठाउने

नासा र बोइङद्वारा स्टारलाइनरको पहिलो क्रु मिसन अन्तरिक्ष स्टेशनमा पठाउने
अ अ+ अ-

लस एन्जलस । अमेरिकी अन्तरिक्ष निकाय (नासा) र बोइङले अगामी सोमबार अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा चालक दलको उडान परीक्षण मिशन सुरु गर्ने तयारी गरेका छन् ।

स्टारलाइनर अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन र अन्य कम दूरीका गन्तव्यहरूमा चालक दललाई ढुवानी गर्न बनाइएका दुई आंशिक रूपमा पुन: प्रयोज्य अन्तरिक्ष यानहरूको वर्ग हो ।

यो बोइङले नासाको व्यावसायिक कार्यक्रमसँग ‘एङ्कर’ ग्राहकको रूपमा निर्माण गरेको हो ।

अमेरिकी बहुराष्ट्रिय कम्पनी बोइङले हवाइजहाज, रोटरक्राफ्ट, रकेट, स्याटेलाइट र मिसाइल डिजाइन, निर्माण र बिक्री गर्छ ।

यो मिसन नासाको ‘व्यावसायिक चालकदल कार्यक्रम’को भागको रूपमा बोइङको स्टारलाइनर अन्तरिक्ष यानको पहिलो मानवसहितको प्रक्षेपण हुनेछ ।

यो अन्तरिक्ष यान युनाइटेड लन्च एलायन्स एटलस वी रकेटमा १०:३४ बजे फ्लोरिडाको केप क्यानाभेरल स्पेस फोर्स स्टेशनबाट प्रक्षेपण गर्ने तयारी गरिएको छ ।

उडान परीक्षणले नासाका अन्तरिक्ष यात्री बुच विल्मोर र सुनी विलियम्सलाई स्टारलाइनर अन्तरिक्ष यान र यसको उपप्रणाली परीक्षण गर्न लगभग एक हप्ताको लागि आईएसएसमा लैजानेछ ।

स्टारलाइनरले आगामी बुधवार (मे ८) मा १२:४८ मा स्पेस स्टेशनको हार्मनी मोड्युलको अगाडि अवतरण गर्ने तालिका छ ।