• ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
  •   Unicode
Logo
Latest
★   नारायणकाजीको सम्पत्तिः प्रधानमन्त्रीले दिएको गाडी चढ्ने, खातामा १ लाख २२ हजार रुपैयाँ ★   सरकारले प्रतिपक्षलाई पेलेर गयो भन्ने कुरा सत्य होइन: कानूनमन्त्री गिरी ★   कति छ शिक्षामन्त्री सुमना श्रेष्ठको सम्पत्ति ? ★   गृहमन्त्रीको सम्पत्तिः ८० तोला सुन, दुईवटा बैंकमा एक लाख १० हजार रुपैयाँ ★   पलाञ्चोक भगवती: संस्कृति संरक्षणार्थ जात्रा र सांस्कृतिक कार्यक्रम ★   कति छ प्रधानमन्त्री ‘प्रचण्ड’को सम्पत्ति ? ★   जलवायु परिवर्तन र हिमाल जोगाउने मुद्दालाई विमस्टेकले गम्भिरतापूर्वक लेओस्: राष्ट्रपति ★   एक घण्टामा १ हजार १२३ रूखहरूलाई अँगालो हालेर विश्व कीर्तिमान ★   कान्तिलोकपथ एक हप्ताभित्र सञ्चालन गरिने ★   दोलखामा सञ्चालित हाडजोर्नी शिविरबाट एक हजार एक सय बढी लाभान्वित

नासा र बोइङद्वारा स्टारलाइनरको पहिलो क्रु मिसन अन्तरिक्ष स्टेशनमा पठाउने



लस एन्जलस । अमेरिकी अन्तरिक्ष निकाय (नासा) र बोइङले अगामी सोमबार अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा चालक दलको उडान परीक्षण मिशन सुरु गर्ने तयारी गरेका छन् ।

स्टारलाइनर अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन र अन्य कम दूरीका गन्तव्यहरूमा चालक दललाई ढुवानी गर्न बनाइएका दुई आंशिक रूपमा पुन: प्रयोज्य अन्तरिक्ष यानहरूको वर्ग हो ।

यो बोइङले नासाको व्यावसायिक कार्यक्रमसँग ‘एङ्कर’ ग्राहकको रूपमा निर्माण गरेको हो ।

अमेरिकी बहुराष्ट्रिय कम्पनी बोइङले हवाइजहाज, रोटरक्राफ्ट, रकेट, स्याटेलाइट र मिसाइल डिजाइन, निर्माण र बिक्री गर्छ ।

यो मिसन नासाको ‘व्यावसायिक चालकदल कार्यक्रम’को भागको रूपमा बोइङको स्टारलाइनर अन्तरिक्ष यानको पहिलो मानवसहितको प्रक्षेपण हुनेछ ।

यो अन्तरिक्ष यान युनाइटेड लन्च एलायन्स एटलस वी रकेटमा १०:३४ बजे फ्लोरिडाको केप क्यानाभेरल स्पेस फोर्स स्टेशनबाट प्रक्षेपण गर्ने तयारी गरिएको छ ।

उडान परीक्षणले नासाका अन्तरिक्ष यात्री बुच विल्मोर र सुनी विलियम्सलाई स्टारलाइनर अन्तरिक्ष यान र यसको उपप्रणाली परीक्षण गर्न लगभग एक हप्ताको लागि आईएसएसमा लैजानेछ ।

स्टारलाइनरले आगामी बुधवार (मे ८) मा १२:४८ मा स्पेस स्टेशनको हार्मनी मोड्युलको अगाडि अवतरण गर्ने तालिका छ ।