• २४ असार २०८१, सोमबार
  •      Mon Jul 8 2024
  •   Unicode
Logo

प्रिमियर लिगः चेल्सी र लिभरपुलले अंक बाँडे



एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत चेल्सी र लिभरपुलले बराबरी खेलेका छन् ।

गएराति लिभरपुलको घरेलु मैदान एनफिल्डमा भएको खेलमा दुबै टिमले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् ।

खेलको तेस्रो मिनेटमा चेल्सीका काई हाभेट्र्जले गोल गरेपनि भिएआरले उक्त गोललाई मान्यता दिएन । उनी अफसाइड रहन पुगे । दुबै टिमले अन्तिम समयसम्म पनि गोल गर्ने प्रयास गरेपनि सफल हुन सकेनन् ।

यो नतिजासँगै १९ खेलबाट २९ अंकसहित लिभरपुल तालिकाको आठौं स्थानमा रहेको छ । समान खेलबाट समान अंकसहित चेल्सी भने १० औं स्थानमा छ ।