१४ भाद्र २०८३, आईतवार
,
Latest
बाढीपीडितका लागि अन्तरराष्ट्रिय झापाली समाजको १५ लाख सहयोग भोटेकोशी बाढीः त्रिवि शिक्षण अस्पतालमा ५९ शव ल्याइयो भोटेकोशी बाढीपीडितका लागि राहत सामग्री संकलन गर्न चार केन्द्र तोकियो राहत वितरणमा सरकारनिकट संस्थालाई प्राथमिकता दिएको भन्दै कांग्रेस नेता आङ्देम्बेको आपत्ति माथिल्लो त्रिशूली–३ ‘ए’मा उद्धारका लागि स्काभेटर र डोजर हेलिकप्टरबाट लैजाँदै रसुवा बाढीमा मृत्यु हुनेको संख्या ७५२ पुग्यो, २ हजार ५०२ जना अझै सम्पर्कविहीन बाढीग्रस्त क्षेत्रबाट ८० जना अलपत्र यात्रुलाई काठमाडौँ ल्याइयो: आजबाट ३ वटा गाडी सञ्चालनमा विपद्को मौका छोपी ग्यासमा अनियमितता गर्नेलाई कारबाही गर्न बुर्लाकोटीको माग त्रिशूली–३ ‘बी’ मा उद्धारका लागि सुरुङ प्रवेशको तयारी, फ्रन्ट फेसमा चार प्वाल ड्रिलिङ सम्पन्न भोटेकोसी बाढीमा खोज, उद्धार र राहत प्रभावकारी बनाउन रवि लामिछानेको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललितपुर बारमा मतदान जारी



अ+ अ-

काठमाडौँ । ललितपुर बार एसोसिएसनको नयाँ कार्यसमितिका लागि मतदान सुरू भएको छ । निर्वाचन समितिका प्रमुख प्रकाश महर्जनका अनुसार ललितपुर बारमा नया कार्यसमितिका लागि बिहान ८ बजेबाट मतदान सुरू भएको छ ।

उक्त मतदान ४ बजे सकिनेछ । नयाँ नेतृत्वका लागि दुई समूहले उम्मेदवारी दिएका छन् । निर्वाचनमा अध्यक्ष पदका लागि बृहत् प्रगतिशील, पेसागत लोकतान्त्रिक, समाजवादी र समावेशी समूहबाट शशीकुमार कार्की र गणतान्त्रिक, प्रगतिशील, पेसागत कानुन समूहबाट राम श्रेष्ठ प्रतिस्पर्धामा हुनुहुन्छ ।

बृहत् प्रगतिशील र लोकतान्त्रिक समूहबाट उपाध्यक्षमा प्रमोदकुमार राय, सचिवमा अनिल श्रेष्ठ, सहसचिवमा अनिल श्रेष्ठ, कोषाध्यक्षमा चन्द्रबहादुर महर्जन, सहसचिव ९महिला० मा सजनी श्रेष्ठले उम्मेदवारी दिनुभएको छ भने महिला सदस्यमा सावन्ता थापा र शिरिसा श्रेष्ठ हुनुहुन्छ । सदस्यमा सुभाषचन्द्र राई, दीपेन्द्रराज शिल्पकार, धर्मसिंह कार्की, लीलानाथ घिमिरे, विष्णुकुमार गिरी, राम विष्ट, महेश महत र प्रकाश बुढाथोकीले उम्मेवारी दिनुभएको छ ।

त्यस्तै गणतान्त्रिक समूहबाट उपाध्यक्षमा बालकृष्ण महर्जन, सचिवमा छोनम मोक्तान, सहसचिवमा रीता श्रेष्ठ, कोषाध्यक्षमा रमेशकुमार महर्जनले उम्मेदवारी दिनुभएको छ । महिला सदस्यमा अष्ठकुमारी महर्जन र सुशीला कार्की तथा सदस्यमा भूमेराज आलेमगर, इच्छाराम महर्जन, रत्नबहादुर बुढा, रोहितकुमार कार्की, जीवनकुमार बस्नेत, विराज थापा, विपना योगीले उम्मेदवारी दिनुभएको छ ।

निर्वाचनले दुई वर्षका लागि १५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ । उक्त बारमा आठ सय १२ मतदाता छन् । रासस