१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

गैर राजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउनु राजनीतिक दलहरुले आफैँमाथि विश्वास नगर्नु होः सांसद नेम्वाङ



file
अ+ अ-

काठमाडौँ । नेकपा एमालेका सांसद सुवासचन्द्र नेम्वाङले गैर राजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउनु भनेको राजनीतिक दलहरुले आफैँमाथि विश्वास नगर्नु रहेको बताउनुभएको छ ।

बिहीवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले राष्ट्रपतिका लागि राजनीतिक दलहरुले सक्षम व्यक्ति अघि सार्न सक्नुपर्ने बताउनु भयो । नेकपा एमालेबाट राष्ट्रपति बन्ने भएसँगै नेम्वाङको नाम चर्चामा रहेको छ । उहाँले संविधानले कल्पना गरेको सक्षम व्यक्तिले संविधानअनुसार काम गर्नसक्ने बताउनु भयो । उहाँले राष्ट्रपति बन्नका लागि अब कुनै कुलमा जन्मिनु आवश्यक नरहेको पनि बताउनु भयो ।

उहाँले प्रतिनिधि सभामा आज निर्वाचित सभामुख देवराज घिमिरेले सबैको विश्वास जितेर काम गर्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘आजको प्रतिष्पर्धा सहमतिको प्रतिष्पर्धा हो । लोकतन्त्रको विधि, प्रक्रिया अनुसारको प्रतिष्पर्धा हो । जुन हामी सबैले स्वीकारेको प्रतिष्पर्धा हो । सभामुखले अब हामीले विश्वास गरेको जस्तो गरेर सबैको विश्वास जितेर काम गर्नुपर्छ । मलाई विश्वास छ, उहाँले राम्रो काम गर्नुहुन्छ ।

जनताको छोराछोरी नै राष्ट्रपति बन्ने हो, कोही पनि बन्नसक्छ । बन्नुहोस् भन्ने आग्रह छ, पार्टीले के निर्णय गर्छ हेरौँ । गैर राजनीतिक दलबाट राष्ट्रपति बनाउने कुरा राजनीतिक दलहरुले आफैँमाथि गरेको अविश्वास हो ।

राजनीतिक दलहरुले सक्षम व्यक्ति अघि सार्न सक्नुपर्छ । जुन सक्षम व्यक्ति संविधानले कल्पना गरेको जस्तो काम गर्न सकोस् । मलाई दल भन्दा बाहिरको मान्छे हजम भएको छैन । अब राष्ट्रपति हुनको लागि कुनै कुलमा जन्मिनु पर्दैन ।’

सांसद नेम्वाङले सभामुखले सबैसँग सहकार्य गरेर सबैको विश्वास लिएर अघि बढ्नुपर्ने बताउनु भयो ।