१५ भाद्र २०८३, सोमबार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने बढे शिक्षक हत्याः आरोपितको नामावली सार्वजनिक कामपामा विपद् व्यवस्थापन हेल्प डेस्क सञ्चालन आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर मृत्युको प्रश्नदेखि जीवनको उत्तरसम्म : सद्गुरुसँग बितेको भावुक साँझ सप्तकोशीमा पानीको बहाव बढ्यो, ब्यारेजका २२ ढोका खोलिए भोटेकोशी बाढीः जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार जारी भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपतिबारे राष्ट्रिय सहमति खोज्ने प्रयास जारी छः प्रधानमन्त्री



फाईल फोटो
अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपतिबारे राष्ट्रिय सहमति खोज्ने कोशिस जारी राख्ने बताउनुभएको छ ।

बिहीवार सभामुख चुनावपछि संसद बाहिर सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै प्रधानमन्त्रीले दाहालले समय बाँकी रहेको भन्दै राष्ट्रपतिबारे समझदारी गर्ने कोशिस जारी राख्ने बताउनुभएकोे हो । उहाँले सत्ता साझेदार र आफूले सकेसम्म राष्ट्रपतिका बारेमा समझदारी बनाउन कोशिस गरिरहेको पनि बताउनु भयो । उहाँले उपसभामुखको निर्वाचनमा पनि आजकै प्रक्रिया अनुसार सत्ता गठबन्धन अगाडि बढ्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आज सभामुखको निर्वाचन भयो । सबै कुरा थाहा पाउनुभयो । हामी सत्ता साझेदार दलहरु सबै एक ठाउँमा उभियौं । प्रमुख प्रतिपक्षले पनि उम्मेदवार उठायो । प्रतिष्पर्धा भयो । बहुमतले सभामुख निर्वाचित भएको घोषणा भयो । भोली उपसभामुखको निर्वाचन हुन्छ । आजकै प्रक्रियामा हुन्छ । राष्ट्रपतिको कुरा बाँकी रहेको छ । हामी सत्ता साझेदार र मैले पनि सकेसम्म कुनै समझदारी बनिदिए हुने थियो भन्ने कोशिस छ । हामी त्यो कोशिस जारी राख्छौं ।’

उहाँले सत्ता साझेदार दलहरु सबै एक ठाउँमा उभिएको बताउनु भयो । उहाँले सत्तासाझेदार दलहरु एक ठाउँमा उभिएकाले बहुमतले सभामुख निर्वाचित भएको प्रतिक्रिया दिनुभयो ।