• ११ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 24 2024
  •   Unicode
Logo
Latest
★   आम जनता पार्टीको पदाधिकारी बैठक शनिबार बस्ने ★   प्रधानमन्त्री दाहालसँग एम्नेस्टी इन्टरनेसनलका महासचिवको शिष्टाचार भेट ★   भियतनाममा अपार्टमेन्टमा आगलागी हुँदा १४ को मृत्यु, ६ घाइते ★   सिरोहियालाई थप ३ दिन हिरासतमा राख्न अनुमति ★   विमानस्थलबाट सुनको लेपन लगाइएको कपडासहित भारतीय नागरिक पक्राउ ★   बालुवाटार बैठकबाट कांग्रेसका नेताहरू बाहिरिए, सत्तापक्षको जारी ★   केकेआरसँग फाइनलमा को भिड्ने ? यस्तो छ इंग्ल्यान्डका लिजेण्डको भविष्यवाणी ★   कांग्रेस सभापति देउवासँग एम्नेस्टी इन्टरनेसनलका महासचिवको भेट ★   ‘नेपहपको श्रीपेच २’ को अडिशन शुरु, विजेतालाई १० लाख पुरस्कार ★   व्यास नगरपालिकाको मेयरको पुन: मतगणना असार २ गते गर्न आदेश

स्वास्थ्य सेवाको पहुँच बिस्तार गर्न सबै एकजुट हुनुपर्छः स्वास्थ्यमन्त्री गिरी



काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले स्वास्थ्य सेवाको पहुँच बिस्तार गर्न सम्बन्धित निकायहरु एकतावद्ध भएर काम गर्नुको विकल्प नरहेको बताउनुभएको छ ।

बिहीवार वीर अस्पतालमा क्याथ ल्याबको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । मन्त्री गिरीले देशमा अहिले पनि स्वास्थ्य सेवा सीमान्तकृत र गरिब जनतासम्म पुग्न नसकेको भन्दै वास्थ्य सेवाको पहुँच बिस्तार गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले उपचार नपाएर मर्नुपर्ने बाध्यतालाई हटाउन सक्नुपर्ने बताउनु भयो ।

उहाँले स्वास्थ्य सेवाको पहुँच बिस्तार गरी गुणस्तरीय सेवा प्रवाहका लागि मन्त्रालयले आवश्यक नीतिगत सुधार गरेर अघि बढ्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले सरकारी अस्पतालमा ल्याबमा हुने उपकरणहरु चाँडै बिग्रिने र बाहिर उपचार गर्न जानुपर्ने बाध्यता रहेको भन्दै यस्ता कुराहरु हटाएर गुणस्तरीय सेवा प्रवाहमा ध्यान दिन निर्देशन दिनुभयो । मन्त्री गिरीले जनशक्तिको अभावलाई आवश्यक बजेट विनियोजित गरेर मन्त्रालय गुणस्तरीय स्वास्थ्य सेवा बिस्तारमा लाग्ने पनि बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘तपाईहरुको भुमिका यस्तो हुनुपर्छ की तपाईहरुबाट सिंगो देशका स्वास्थ्य क्षेत्रमा काम गर्नेले धेरै कुरा सिक्न सकुन्, यसरी तपाईहरु प्रश्तुत हुनुपर्छ । देशमा अहिले स्वास्थ्य सेवा सीमान्तकृत जनतासँग, गरिब जनतासँग पुग्न सकेको छैन ।

स्वास्थ्य सेवाको पहुँच बिस्तार गर्न हामी एकतावद्ध भएर लाग्नुपर्छ । उपचार नपाएर निधन भइरहेको छ, यसमा हामीले नीतिगत समस्या सुधार गरेर अघि बढ्नेछौँ । संरचनागत सुधार र व्यवस्थापकीय सुधार गरेर अघि बढ्नेछौँ तर उपचार नपाएर अकालमा मर्नुपर्ने बाध्यता हुनु हुँदैन । हाम्रो ल्याबमा भएका उपकरणहरु छिटो बिग्रिने गरेको सुन्छु, सरकारी अस्पतालमा समयमा ल्याबहरुबाट सेवा नपाउने कुरा सुनेको छु, कहाँ ध्यान दिनुपर्छ त्यसमा ध्यान दिऔँ । जनशक्तिको अभाव भन्नेकुरा छ, त्यसका लागि कति बजेट आवश्यक हो ? त्यसमा प्रयास गर्न हामी लाग्नेछौँ । स्वास्थ्य क्षेत्रलाई छुट्याइएको बजेट न्युन छ, यसले स्वास्थ्य क्षेत्रमा निर्धारण गरेका लक्ष्य पूरा हुन सक्दैनन् ।’

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोषिमा कार्कीले स्वास्थ्य क्षेत्रमा रहेको जनशक्तिको अभावलाई चाँडै परिपूर्ति गर्ने बताउनु भयो । उहाँले उपकरण, सिटि स्क्यान, एमआरआईको कमीलाई अब चाँडै पूर्ति गर्नेकुरामा मन्त्रालय लाग्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘जनशक्तिको कमी भएका कुरा, उपकरण, सिटि स्क्यान, एमआरआईको कमीका कुराहरु आएका छन् । साथै आजबाट शुरु हुन लागेको क्याथ ल्याबमा पनि केही मेसिनहरुको समस्या रहेको कुरा आएको छ, यसमा हाम्रो ध्यानाकर्षण भएको छ । यसमा अध्ययन गर्नेछौँ, के गर्नुपर्छ हामी गर्नेछौँ । दरबन्दीको लागि के गर्न सकिन्छ, लोकसेवा परीक्षा चाँडो गराएर स्थायी दरबन्दी बढाउने कुरामा अघि बढ्नेछौँ ।’

मन्त्री कार्कीले लोकसेवाको परीक्षा चाँडो गराएर आवश्यक स्थायी दरबन्दी बढाउने कुरामा सरकार लाग्ने बताउनु भयो । वीर अस्पतालमा सन् १९८५ मा क्याथ ल्याब सेवा शुरु भएको थियो तर २००० सालबाट बिस्तारै सेवा अवरुद्ध भएको थियो । त्यसपछि सन् २०२३ बाट पुनः सेवा शुरु हुन लागेको हो । सन् १९८५ मा राजा वीरेन्द्र वीरविक्रम शाहले नेपालमा पहिलोपटक वीर अस्पतालबाट नै क्याथ ल्याब सेवाको उद्घाटन गर्नुभएको थियो ।