२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक युवकले सिभिल मलमा आफ्नै जिउमा आगो लगाए, ट्रमा सेन्टरमा उपचार हुँदै



अ+ अ-

काठमाडौँ । एक युवकले आफ्नै जिउमा आगो लगाएका छन् । काठमाडौँको सुन्धारास्थित सिभिल मलमा ती युवकले शरीरमा पेट्रोल छर्केर आगो लगाएका हुन् । उनलाई तत्काल उद्धार गरी राष्ट्रिय ट्रामा सेन्टरमा पठाइएको छ ।

अस्पतालमा उनको उपचार भइरहेको प्रहरीले जनाएको छ । विशाल लामिछाने नामका ती युवकले सिभिल मलको भुइँतलामा बिहीबार दिउँसो पौने १२ बजेतिर आफ्नै जीउमा आगो लगाएका हुन् ।