५ भाद्र २०८३, शुक्रबार
,
Latest
प्रधानमन्त्री शाह पोखरा भ्रमणमा, अस्तामस्थित इको भिलेजमा बस्ने (तस्बिरसहित) बाँसबारीमा जमिन भासिँदा साढे दुईतले घर पल्टियो पुरानो पहिरोको पिरलो ‘सुपर एल निनो’ को उच्च जोखिमः पूर्वतयारी र जल–ऊर्जा सुरक्षामा जोड दिन ऊर्जामन्त्रीको निर्देशन रास्वपा केन्द्रीय समितिको बैठक सुरु गाडी मात्र होइन, अटोमोबाइल उद्योगको पूरा इकोसिस्टम देखाउँदै नाडा अटो शो पुराना र अदालतबाट निरुपण भइसकेका विषयमा पुनः छलफल आवश्यक छैनः उपनेता अर्याल सूचना प्रवाह कानूनी बाध्यताको विषय हो, यसमा समितिको थप निर्देशन आवश्यक छैनः वर्षमान पुन संसदीय सुनुवाई समितिको क्षेत्राधिकार र गोपनीयतामा सचेत बन्न रास्वपा प्रमुख सचेतक बुर्लाकोटीको आग्रह गरिमालाई न्याय माग्दै माइतीघरमा प्रदर्शन-फोटो फिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रिमियर लिगः क्रिस्टल प्यालेससँग बराबरीमा रोकियो म्यान्चेस्टर युनाइटेड



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यान्चेस्टर युनाइटेडले बराबरी खेलेको छ । गएराति सम्पन्न खेलमा युनाइटेडले क्रिस्टल प्यालेससँग १-१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।

खेलको ४३ औं मिनेटमा ब्रुनो फर्नान्डेजले गोल गर्दै युनाइटेडलाई सुरुवाती अग्रता दिलाएका थिए । उनलाई क्रिस्टियन एरिक्सनले पास दिलाए । तर, खेल सकिनै लाग्दा इन्जुरी समयमा माइकल ओलीसेले गोल गर्दै प्यालेसलाई हारबाट जोगाए । उनले डी बक्स बाहिरबाट ३० यार्डबाट फ्रिकिकमा उत्कृष्ट गोल गरे ।

यो बराबरी नतिजासँगै १९ खेलबाट म्यान्चेस्टर युनाइटेड ३९ अंकसहित तालिकाको तेस्रो स्थानमा छ । यस्तै, प्यालेस १९ खेलबाट २३ अंकसहित १२ औं स्थानमा छ ।