• २४ असार २०८१, सोमबार
  •      Mon Jul 8 2024
  •   Unicode
Logo

प्रिमियर लिगः क्रिस्टल प्यालेससँग बराबरीमा रोकियो म्यान्चेस्टर युनाइटेड



एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यान्चेस्टर युनाइटेडले बराबरी खेलेको छ । गएराति सम्पन्न खेलमा युनाइटेडले क्रिस्टल प्यालेससँग १-१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।

खेलको ४३ औं मिनेटमा ब्रुनो फर्नान्डेजले गोल गर्दै युनाइटेडलाई सुरुवाती अग्रता दिलाएका थिए । उनलाई क्रिस्टियन एरिक्सनले पास दिलाए । तर, खेल सकिनै लाग्दा इन्जुरी समयमा माइकल ओलीसेले गोल गर्दै प्यालेसलाई हारबाट जोगाए । उनले डी बक्स बाहिरबाट ३० यार्डबाट फ्रिकिकमा उत्कृष्ट गोल गरे ।

यो बराबरी नतिजासँगै १९ खेलबाट म्यान्चेस्टर युनाइटेड ३९ अंकसहित तालिकाको तेस्रो स्थानमा छ । यस्तै, प्यालेस १९ खेलबाट २३ अंकसहित १२ औं स्थानमा छ ।