काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला शिर्पाली ठकुरीले पदत तथा गोपनीयताको सपथ लिनुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उहाँलाई सपथ गराउनुभएको हो । राज्यमन्त्रीमा नियुक्त हुनुभएकी शिर्पालीले मंगलबार ढिलो सूचना पाएपछि राष्ट्रपति निवास शीतल निवासमा उहाँ सपथ समारोहमा उपस्थित हुन सक्नुभएको थिएन ।