२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

मधेस प्रदेशका सभामुख र उपसभामुखको शपथ



अ+ अ-

महेन्द्रनगर (धनुषा) । मधेस प्रदेशसभाका नवनिर्वाचित सभामुख रामचन्द्र मण्डल र उपसभामुख बबिताकुमारी राउत इशरले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । मधेस भवनमा आज उहाँहरूलाई प्रदेश प्रमुख हरिशङ्कर मिश्रले पद तथा गोपनीयताको शपथ गराउनुभयो ।

सभामुख र उपसभामुखको शपथ कार्यक्रममा मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव, विना विभागीयमन्त्री सरोजकुमार यादव लगायतको उपस्थिति थियो । मण्डल र इशर मङ्गलबार नै मधेस प्रदेशको सभामुख र उपसभामुखमा निर्वाचित हुनुभएको हो । मङ्गलबार बसेको प्रदेशसभा बैठकमा मण्डललाई सभामुखमा चयन गरियोस् भन्ने प्रस्तावको पक्षमा ७४ मत अर्थात् बहुमत सदस्यको समर्थन प्राप्त भएको थियो । कूल एक सय सात सदस्यीय प्रदेशसभामा एक सय तीन सदस्यले मतविभाजन प्रक्रियामा सहभागिता जनाउनुभएको थियो ।

मण्डललाई सत्ता गठबन्धन दल नेकपा (एमाले), जनता समाजवादी पार्टी, नेकपा (माओवादी केन्द्र), जनमत, लोकतान्त्रिक समाजवादी पार्टी, राप्रपा, नेपाल सङ्घीय समाजवादी पार्टी र स्वतन्त्रको समर्थन थियो । यसैगरी जनमत पार्टीका उम्मेदवार इशरलाई उपसभामुखमा निर्वाचित गरियोस् भन्ने पक्षम ७२ मत प्राप्त भएको थियो । उहाँको विपक्षमा २९ मत खसेको थियो । उपसभामुखको निर्वाचन प्रक्रियामा एक सय एक सदस्यले सहभागिता जनाउनुभएको थियो । रासस