२३ जेष्ठ २०८३, शनिबार
,
Latest
पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा…
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसको सभामुखमा उम्मेदवारी, प्रधानमन्त्री प्रचण्डको निर्णय कुर्दै देउवा



अ+ अ-

काठमाडौँ ।नेपाली कांग्रेसले सभामुखको उम्मेदवार टुंग्याउनुअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको जवाफ कुरेको छ । धुम्बाराहीमा बसेको पदाधिकारी बैठकमा प्रधानमन्त्री दाहालसँग छलफल गरेपछि मात्र उम्मेदवारीका बारेमा टुङ्गो लाग्ने जनाइएको छ ।

पार्टी प्रवक्ता प्रकाशशरण महतले न्युजपोलारसँग भन्नुभयो, “प्रधानमन्त्री र अरु दलसँग पनि छलफल गर्दैछौँ । कस्तो प्रतिक्रिया आउँछ त्यसका आधारमा मात्र अघि बढ्छौँ।”

पदाधिकारी बैठकअघि कांग्रेस सभापति शेरबहादुर देउवाले नेकपा ९एकीकृत समाजवादी० का अध्यक्ष माधव नेपाल र जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवसँग भेटवार्ता गर्नुभएको थियो । सत्ता गठबन्धनबाट नेकपा (एमाले) ले देवराज घिमिरेलाई सभामुखको उम्मेदवार बनाइसकेको छ ।