• १४ जेष्ठ २०८१, सोमबार
  •      Mon May 27 2024
  •   Unicode
Logo

संसद सभामुखका लागि मनोनयन दर्ता हुदै



काठमाडौं । प्रतिनिधि सभाका सभामुखको लागि आज मनोनयन दर्ता हुदैछ ।

संसद सचिवालका अनुसार आज दिउँसो १ देखि ४ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ। आजै ४ः१५ बजे नै उम्मेदवारहरूको सूची प्रकाशन हुने सचिवालयले जनाएको छ । सभामुख चयनको कार्यक्रम सकिएपछि माघ ७ गते उपसभामुख चयनको तयारी रहेको सचिवालयले जनाएको छ । प्राप्त प्रस्तावहरू बिहीबार बिहान बस्ने प्रतिनिधि सभा बैठकमा पेस हुनेछन्। सभामुख चयनका लागि माघ ५ गते प्रतिनिधि सभाको बैठक बोलाइएको छ।

कुल २७५ सदस्यीय प्रतिनिधि सभामा निर्वाचित हुन कम्तीमा १३८ सदस्यको आवश्यकता पर्नेछ।