२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णाली प्रदेश उपसभामुखको निर्वाचन आज



अ+ अ-

कर्णाली । कर्णाली प्रदेशमा उपसभामुखको निर्वाचन आज बुधबार दिउँसो १ बजे हुने भएको छ । कर्णाली प्रदेशसभाको पहिलो अधिवेशनको मंगलबार बसेको चौथो बैठकमार्फत प्रदेशसभाका नवनिर्वाचित सभामुख नन्दा गुरुङले उपसभामुखको निर्वाचन बुधबार हुने जानकारी दिइन् ।

उनले कर्णाली प्रदेशसभा नियमावली, २०७९ को नियम ९ बमोजिम उपसभामुखको निर्वाचनको मिति र समय तोक्न प्रदेशसभा सचिव जीवराज बुढाथोकीलाई निर्देशन दिइन् ।

त्यसैगरी, सभामुख गुरुङले कर्णाली प्रदेश प्रमुखको कार्यालयले पुस २८ गतेको मन्त्रिपरिषद् विस्तारसम्बन्धी पठाएको पत्र वाचन गर्दै मुख्यमन्त्री राजकुमार शर्मालाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको साथै सामाजिक विकास, भूमि व्यवस्था, कृषि तथा सहकारी, भौतिक पूर्वाधार तथा सहरी विकास, आन्तरिक मामिला तथा कानुन, उद्योग, पर्यटन, वन तथा वातावरण, आर्थिक मामिला तथा योजना र जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयको जिम्मेवारी पाउने गरी कार्यविभाजन गरिएको बताइन् ।

उनका अनुसार मङ्गलबहादुर शाही र विनोदकुमार शाहलाई बिना विभागीयमन्त्री बनाइएको छ ।