२० मंसिर २०८२, शनिबार
,
Latest
इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णाली प्रदेश उपसभामुखको निर्वाचन आज



अ+ अ-

कर्णाली । कर्णाली प्रदेशमा उपसभामुखको निर्वाचन आज बुधबार दिउँसो १ बजे हुने भएको छ । कर्णाली प्रदेशसभाको पहिलो अधिवेशनको मंगलबार बसेको चौथो बैठकमार्फत प्रदेशसभाका नवनिर्वाचित सभामुख नन्दा गुरुङले उपसभामुखको निर्वाचन बुधबार हुने जानकारी दिइन् ।

उनले कर्णाली प्रदेशसभा नियमावली, २०७९ को नियम ९ बमोजिम उपसभामुखको निर्वाचनको मिति र समय तोक्न प्रदेशसभा सचिव जीवराज बुढाथोकीलाई निर्देशन दिइन् ।

त्यसैगरी, सभामुख गुरुङले कर्णाली प्रदेश प्रमुखको कार्यालयले पुस २८ गतेको मन्त्रिपरिषद् विस्तारसम्बन्धी पठाएको पत्र वाचन गर्दै मुख्यमन्त्री राजकुमार शर्मालाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको साथै सामाजिक विकास, भूमि व्यवस्था, कृषि तथा सहकारी, भौतिक पूर्वाधार तथा सहरी विकास, आन्तरिक मामिला तथा कानुन, उद्योग, पर्यटन, वन तथा वातावरण, आर्थिक मामिला तथा योजना र जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयको जिम्मेवारी पाउने गरी कार्यविभाजन गरिएको बताइन् ।

उनका अनुसार मङ्गलबहादुर शाही र विनोदकुमार शाहलाई बिना विभागीयमन्त्री बनाइएको छ ।