२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

मधेस प्रदेशको उपसभामुखमा जनमतकी बबिता राउत निर्वाचित



अ+ अ-

धनुषा । मधेश प्रदेशको उपसभामुखमा सत्तारूढ गठबन्धनकी बबिताकुमारी राउत निर्वाचित भएकी छन् ।

समानुपातिक प्रणालीबाट प्रदेशसभा सदस्य बनेकी राउत मङ्गलबार भएको मत विभाजनबाट उपसभामुखमा चयन भएकी हुन् । मधेस प्रदेशसभा कार्यसञ्चालन नियमावली, २०७५ को नियम ९ र ७ को उपनियम ४ बमोजिम उपसभामुख चयन गरिएको हो ।

नेकपा (एमाले) संसदीय दलका नेता सरोजकुमार यादवले जनमत पार्टीकी समानुपातिका सांसद राउतलाई उपसभामुखमा निर्वाचित गरियोस् भनेर प्रदेशसभामा पेश गरेको प्रस्तावको पक्षमा ७२ मत परेसँगै राउत उपसभामुखमा चयन भएकी हुन् । प्रस्तावको विपक्षमा २९ मत खसेको थियो ।

यसअघि कांग्रेसको समर्थन प्राप्त गर्दै उपसभामुखमा उम्मेदवारी दिएकी नेकपा (एकीकृत समाजवादी) पार्टीकी प्रदेशसभा सदस्य बेची लुङ्गेलीलाई प्रदेशसभा सदस्य रतनेश्वर गोइत यादवले निर्वाचित गरियोस् भन्ने पेश गरेको प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो ।

मङ्गलबार दिउँसो बसेको प्रदेशसभाको बैठकले सभामुखमा नेकपा एमालेका रामचन्द्र मण्डललाई निर्वाचित गरेको थियो । रासस