८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति News Polar निवारण घोषणा भएको वर्षौं बित्दा पनि कुष्ठरोग प्रभावितमाथि विभेद कायमै News Polar पहाडी क्षेत्रमा पहिरोको उच्च जोखिमः ‘घर बाहिर ननिस्कनु मात्रै समाधान होइन, पूर्वसंकेत बुझ्न जरुरी’ News Polar भन्सार अधिकृतले सशस्त्र प्रहरी एसपीलाई धम्क्याएको अडियोबारे छानबिन गर्न सांसद संग्रौलाको माग News Polar भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार तथा पुनःस्थापनाका लागि डुसान बोबक्याटद्वारा १० करोडभन्दा बढीका उपकरण सहयोग News Polar ओलीबिनाको एमाले किमार्थ सम्भव छैन : सूर्य थापा News Polar प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी News Polar खोलामा फसेको यात्रुवाहक बसबाट सबै यात्रुको सकुशल उद्धार News Polar एमाले सचिवालय बैठक सुरूः सांगठनिक सुदृढीकरण र राजनीतिक प्रतिवेदनमाथि केन्द्रित News Polar विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने प्रयास नगर्न मन्त्री पुनको आग्रह News Polar सञ्चालक समितिका विशेषज्ञको योग्यता स्नातकोत्तर तह अनिवार्य गर्न तोषिमाको प्रस्ताव News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक समितिबाट सर्वसम्मत पारित News Polar विधि विज्ञान प्रयोगशालालाई ‘लर्निङ प्लेटफर्म’ बनाउन सांसद थापाको प्रस्ताव News Polar काभ्रेका १२ स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar संसद बैठकमा सांसदको उपस्थिति व्यवस्थित गर्न रास्वपाले तोक्यो समूहगत तालिका News Polar जुफालमा अवतरणका क्रममा सीता एयरको जहाजको पांग्रा बाहिरियो, सबै यात्रु सुरक्षित News Polar भारी वर्षाको सम्भावना: बिदाका दिन समेत स्वास्थ्यकर्मीलाई सम्पर्कमा रहन मन्त्रालयको निर्देशन News Polar नेपाल-आइसल्यान्ड परराष्ट्रमन्त्रीस्तरीय साइडलाइन भेटवार्ता News Polar प्रधानमन्त्री न्युयोर्कमा, भोलि सम्बोधन, नेपालले जलवायु न्याय माग्ने, साइडलाइन भेट नगर्ने News Polar जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री

धीरेन्द्र डगौँरा: ‘३९ औँ पटक बडघर चयन’

धीरेन्द्र डगौँरा: ‘३९ औँ पटक बडघर चयन’
अ+ अ-

कञ्चनपुर । कञ्चनपुरको वेदकोट नगरपालिका लालपुरका ५६ वर्षीय धीरेन्द्र डगौँरा हालै गाउँबाट निर्विरोध ३९ औँ पटक बडघर चयन हुनुभएको छ ।

विसं २०४० यता नियमितरूपमा वेदकोट नगरपालिका– ७ र ९ मा छरिएको लालपुरको थारु समुदायको बडघरको जिम्मेवारी लिएर काम गर्दै आएका डगौँरालाई हरेक वर्ष माघ महिनाभरि थारु समुदायले बडघर–भलमन्सा चयन गर्दै आएको बताउनुभयो । “गाउँमा समुदायभित्र सामाजिक, सांस्कृतिक, राजनीतिकदेखि हरेक विषयको प्रवेश बडघरले गराउँछ”, बडघर, भलमन्सा, मटावा महासङ्घ नेपालका केन्द्रीय उपाध्यक्षसमेत रहनुभएका डगौँराले भन्नुभयो, “नयाँ वर्षका रूपमा मनाइने माघी पर्वलगत्तै थारु बस्तीमा बडघर र भलमन्सा चयनको चटारो छ ।”

बर्सेनि गरेको कामको मूल्याङ्कनलाई मुख्य आधार बनाएर गाउँमा बडघर चयन सर्वसम्मत वा निर्वाचन प्रक्रियाबाट हुँदै आएको छ । “पहिले दुई÷अढाइ सय परिवारको म बडघर थिएँ”, उहाँले भन्नुभयो, “अहिले त्यो परिवार सङ्ख्या घटेर ५५ मा झरेको छ ।” उहाँले कञ्चनपुरका थारु बस्तीमा अहिले छ सयभन्दा बढी बडघर रहेको बताउनुभयो ।

“सबै प्रकारका संस्कार संस्कृति जर्गेनादेखि समुदायका ठूला मुद्दासम्ममा छिनोफानो गर्ने काममा समेत बडघरको भूमिका रहन्छ”, डगौँराले भन्नुभयो, “अब लगत्तै कैलालीमा बडघर सम्मेलनको पनि तयारीमा जुटेका छौँ ।” उहाँले माघ महिनाभरि बडघर÷भलमन्सा चयन प्रक्रिया चल्ने गरेको जानकारी दिनुभयो । माघीको रौनकसँगै यहाँ आवश्यकताअनुसार बडघर बैठकसमेत बस्ने गरेको उहाँको भनाइ छ ।

“वर्षदिनमा गाउँ टोलमा भलमन्साको नेतृत्वमा भएका कामका बारेमा समेत चर्चा हुन्छ”, उहाँले भन्नुभयो, “हाम्रो समुदायमा गाउँको रेखदेख गर्ने बढी भूमिका भलमन्सालाई लिइन्छ ।” थारु समुदायमा भलमन्सा, गुरुवा, चिराकी, चौकीदार, अघरियाजस्ता पदमा समेत व्यक्तिको छनोट हुँदै आएको छ । ‘गुरुवा’ ९वैद्य० ले मानिस तथा गाईवस्तु र अन्नबालीमा देखिने रोगको समस्या समाधानमा जिम्मेवारी बहन गर्छ भने ‘चिराकी’ ले देवस्थल तथा घरमा हुने शुभकार्यमा बत्ती बालेर पूजा गर्ने प्रचलन रहेको छ ।

चौकीदारले समुदायमा आफ्नो गाउँठाउँमा कुनै कामका लागि भेला बोलाउनुपर्ने हुन्छ । अघरियाले भलमन्साको सहायकका रूपमा काम गर्नुपर्ने परम्परा छ । बडघरले अह्राएका काम गाउँका अन्य सदस्यले मान्नुपर्ने विगतदेखिको प्रचलन बनेको थारु अगुवाको भनाइ छ । विकास निर्माणका काम गर्ने, गाउँको संरक्षण गर्ने, सिँचाइ, बिजुली बत्तीको व्यवस्था गर्ने तथा गाउँमा आइपर्ने समस्याको समाधानका लागि पहल गर्नेजस्ता कामको नेतृत्व बडघरले गर्नुपर्ने हुन्छ ।

माघीमा संस्कृतिको संरक्षण गर्दै आएका थारु समुदायले माघी पर्वका अवसरमा छोराछोरीको बिहे, अंशबन्डा र खेतीपातीको वार्षिक योजना निर्माणसमेत गर्ने गरेको परम्परा छ । रासस