२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

धीरेन्द्र डगौँरा: ‘३९ औँ पटक बडघर चयन’



अ+ अ-

कञ्चनपुर । कञ्चनपुरको वेदकोट नगरपालिका लालपुरका ५६ वर्षीय धीरेन्द्र डगौँरा हालै गाउँबाट निर्विरोध ३९ औँ पटक बडघर चयन हुनुभएको छ ।

विसं २०४० यता नियमितरूपमा वेदकोट नगरपालिका– ७ र ९ मा छरिएको लालपुरको थारु समुदायको बडघरको जिम्मेवारी लिएर काम गर्दै आएका डगौँरालाई हरेक वर्ष माघ महिनाभरि थारु समुदायले बडघर–भलमन्सा चयन गर्दै आएको बताउनुभयो । “गाउँमा समुदायभित्र सामाजिक, सांस्कृतिक, राजनीतिकदेखि हरेक विषयको प्रवेश बडघरले गराउँछ”, बडघर, भलमन्सा, मटावा महासङ्घ नेपालका केन्द्रीय उपाध्यक्षसमेत रहनुभएका डगौँराले भन्नुभयो, “नयाँ वर्षका रूपमा मनाइने माघी पर्वलगत्तै थारु बस्तीमा बडघर र भलमन्सा चयनको चटारो छ ।”

बर्सेनि गरेको कामको मूल्याङ्कनलाई मुख्य आधार बनाएर गाउँमा बडघर चयन सर्वसम्मत वा निर्वाचन प्रक्रियाबाट हुँदै आएको छ । “पहिले दुई÷अढाइ सय परिवारको म बडघर थिएँ”, उहाँले भन्नुभयो, “अहिले त्यो परिवार सङ्ख्या घटेर ५५ मा झरेको छ ।” उहाँले कञ्चनपुरका थारु बस्तीमा अहिले छ सयभन्दा बढी बडघर रहेको बताउनुभयो ।

“सबै प्रकारका संस्कार संस्कृति जर्गेनादेखि समुदायका ठूला मुद्दासम्ममा छिनोफानो गर्ने काममा समेत बडघरको भूमिका रहन्छ”, डगौँराले भन्नुभयो, “अब लगत्तै कैलालीमा बडघर सम्मेलनको पनि तयारीमा जुटेका छौँ ।” उहाँले माघ महिनाभरि बडघर÷भलमन्सा चयन प्रक्रिया चल्ने गरेको जानकारी दिनुभयो । माघीको रौनकसँगै यहाँ आवश्यकताअनुसार बडघर बैठकसमेत बस्ने गरेको उहाँको भनाइ छ ।

“वर्षदिनमा गाउँ टोलमा भलमन्साको नेतृत्वमा भएका कामका बारेमा समेत चर्चा हुन्छ”, उहाँले भन्नुभयो, “हाम्रो समुदायमा गाउँको रेखदेख गर्ने बढी भूमिका भलमन्सालाई लिइन्छ ।” थारु समुदायमा भलमन्सा, गुरुवा, चिराकी, चौकीदार, अघरियाजस्ता पदमा समेत व्यक्तिको छनोट हुँदै आएको छ । ‘गुरुवा’ ९वैद्य० ले मानिस तथा गाईवस्तु र अन्नबालीमा देखिने रोगको समस्या समाधानमा जिम्मेवारी बहन गर्छ भने ‘चिराकी’ ले देवस्थल तथा घरमा हुने शुभकार्यमा बत्ती बालेर पूजा गर्ने प्रचलन रहेको छ ।

चौकीदारले समुदायमा आफ्नो गाउँठाउँमा कुनै कामका लागि भेला बोलाउनुपर्ने हुन्छ । अघरियाले भलमन्साको सहायकका रूपमा काम गर्नुपर्ने परम्परा छ । बडघरले अह्राएका काम गाउँका अन्य सदस्यले मान्नुपर्ने विगतदेखिको प्रचलन बनेको थारु अगुवाको भनाइ छ । विकास निर्माणका काम गर्ने, गाउँको संरक्षण गर्ने, सिँचाइ, बिजुली बत्तीको व्यवस्था गर्ने तथा गाउँमा आइपर्ने समस्याको समाधानका लागि पहल गर्नेजस्ता कामको नेतृत्व बडघरले गर्नुपर्ने हुन्छ ।

माघीमा संस्कृतिको संरक्षण गर्दै आएका थारु समुदायले माघी पर्वका अवसरमा छोराछोरीको बिहे, अंशबन्डा र खेतीपातीको वार्षिक योजना निर्माणसमेत गर्ने गरेको परम्परा छ । रासस




भर्खरै