२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

हामी प्रतिपक्ष नै हौ: रमेश लेखक



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति/उपराष्ट्रपति र सभामुख/उपसभामुख पदको चयन दलहरुबीचको सहमतिमा गर्नुपर्ने प्रस्ताव अघि सार्नुभएको छ ।

मंगलवार अपरान्ह आफ्नै सरकारी निवास बालुवाटारमा बोलाइएको सर्वदलीय बैठकमा प्रधानमन्त्री दाहालले सो प्रश्ताव राख्नुभएको हो । प्रधानमन्त्रीले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुखका निमित्त पनि सहमति गरेर अघि जान सकिन्छ भनेर विषय प्रवेश गराउनुभएको नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिनुभयो ।

यता, नेपाली काँग्रेसले पनि राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुख संविधानको पालना गर्नुपर्ने, संरक्षण गर्नुपर्ने र तटस्थताको भुमिका निर्वाह गर्नुपर्ने पद भएकाले यसलाई सहमतिमै चयन गर्न आफ्नो पार्टी तयार रहेका धारणा बैठकमा राखेको थियो ।

प्रमुख सचेतक लेखकले बैठकबारे जानकारी दिँदै भन्नुभयो, ‘प्रधानमन्त्रीजीले विश्वासको मत दिएकोमा सबै दलहरुलाई धन्यवाद दिनुभयो । अर्को सत्तापक्ष र प्रतिपक्षको बारेमा पनि केही कुराहरु राख्नुभयो । नेपाली काँग्रेस संसदीय प्रतिनिधि सभामा, राष्ट्रिय सभामा प्रमुख विपक्ष दलको रुपमा रहेको छ । र, हाम्रो पार्टी सभापति, पूर्वप्रधानमन्त्री माननीय शेरबहादुरजीले प्रमुख विपक्ष दलको नेताको हैसियतमा हुनुहुन्छ भनेर आफ्ना कुराहरु राख्यौं । प्रधानमन्त्रीजीले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुखका निमित्त पनि सहमति गरेर अगाड बढ्न सकिन्छ कि भन्ने कुरा पनि राख्नुभयो ।

सामान्य छलफलका लागि । हामीले नेपाली काँग्रेस संघीय संसदमा प्रमुख प्रतिपक्षको भुमिका निर्वाह गर्दैगर्दा र प्रमुख प्रतिपक्ष दलकै रुपमा कार्यरत रहने गरेर राष्ट्रपति, उपराष्ट्रपति सभामुख र उपसभामुख संविधानको पालना गर्नुपर्ने, संरक्षण गर्नुपर्ने र तटस्थताको भूमिका निर्वाह गर्नुपर्ने र सबै राजनीतिक दलको र सबै नेपाली जनताको संस्था अथवा नेता भएर बस्नुपर्ने पदहरु भएको हुनाले हामी प्रमुख प्रतिपक्ष दलमा भएर पनि हामी यसका बारेमा छलफल गर्न तयार छौं यदी प्रधानमन्त्रीजीले छलफल अघि बोलाउनु भयो भने त्यसमा हामी छलफल गर्न तयार छौं भनेर हामीले भनेका छौं । र, उहाँले चाहीँ यी पदहरुमा छलफल गरेर सहमतीमा जान सकिन्छ कि भनेर पनि भन्नुभएको छ । मुलतः यिनै कुराहरु भएका छन् ।

हामी सभामुखको निर्वाचनबारे आन्तरिक छलफल गर्छौं । राति, भोलि बिहानसम्म छलफल गरेर हामी हाम्रो धारणा अघि बढाउँछौं । सहमति कुनै भएको छैन । विषय प्रवेश भएको छ । प्रधानमन्त्रीजीले राष्ट्रपति, उपराष्ट्रपति र सभामुख, उपसभामुखमा पनि सहमति गरेर जान सकिन्छ कि भनेर विषय प्रवेश गराउनु भयो । तर कुनै पनि सहमति भएन । हामीले हाम्रो दृष्टिकोण राख्यौं ।’

यता, सत्तारुढ दलहरुबीच भने राष्ट्रपति र सभामुख पद नेकपा एमालेलाई दिने सहमति भएको छ ।