१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा News Polar दोधारा–चाँदनी झोलुङ्गे पुल सुदूरपश्चिम प्रदेशको धरोहर होः मुख्यमन्त्री भट्ट News Polar पाँच देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar लोककल्याणकारी विज्ञापनको दर वैज्ञानिक र विधिसम्मत आधारमा निर्धारण गरिएको छ : सञ्चारमन्त्री तिमिल्सिना News Polar बजेट कार्यान्वयनमा गति दिन ऊर्जा मन्त्रालयलाई मन्त्री श्रेष्ठको निर्देशन News Polar सीडीसी, एफडीए र एनएचएए बनाउँदा विद्यमान जनशक्ति र विशेषज्ञता संरक्षण गर्नुपर्छ : मन्त्री मेहता News Polar सामाजिक सञ्जाल नियमनका लागि छुट्टै कानुनी व्यवस्था ल्याइने News Polar तातोपानी नाका सञ्चालनबारे महासंघ अध्यक्ष श्रेष्ठ र चिनियाँ राजदूतबीच छलफल News Polar गाजामा मानवीय सङ्कट जारी, वेस्ट ब्याङ्कको अवस्था चिन्ताजनक: राष्ट्रसङ्घ News Polar मनाङमा तत्काल अत्यावश्यक काम गर्नेः मुख्यमन्त्री पाण्डे News Polar प्रतिनिधिसभाः चार विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा News Polar सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यकः मुख्यमन्त्री कार्की News Polar अझै निकाल्न नसकिएको राइनो क्रुज News Polar विधि र विधानभन्दा बाहिर जाने छुट कसैलाई छैनः भण्डारी News Polar बाढी प्रभावित बालबालिका लक्षित दीर्घकालीन स्याहार योजना सञ्चानलमा News Polar मोरङ–६ कांग्रेस अधिवेशनमा विवाद चर्किँदा तोडफोड र कुटपिट News Polar यसै वर्ष २ सय नयाँ टावर र १ हजार ५ सय ९७ स्थानमा फोरजी विस्तार गरिने

हामी प्रतिपक्ष नै हौ: रमेश लेखक

हामी प्रतिपक्ष नै हौ: रमेश लेखक
अ अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति/उपराष्ट्रपति र सभामुख/उपसभामुख पदको चयन दलहरुबीचको सहमतिमा गर्नुपर्ने प्रस्ताव अघि सार्नुभएको छ ।

मंगलवार अपरान्ह आफ्नै सरकारी निवास बालुवाटारमा बोलाइएको सर्वदलीय बैठकमा प्रधानमन्त्री दाहालले सो प्रश्ताव राख्नुभएको हो । प्रधानमन्त्रीले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुखका निमित्त पनि सहमति गरेर अघि जान सकिन्छ भनेर विषय प्रवेश गराउनुभएको नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिनुभयो ।

यता, नेपाली काँग्रेसले पनि राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुख संविधानको पालना गर्नुपर्ने, संरक्षण गर्नुपर्ने र तटस्थताको भुमिका निर्वाह गर्नुपर्ने पद भएकाले यसलाई सहमतिमै चयन गर्न आफ्नो पार्टी तयार रहेका धारणा बैठकमा राखेको थियो ।

प्रमुख सचेतक लेखकले बैठकबारे जानकारी दिँदै भन्नुभयो, ‘प्रधानमन्त्रीजीले विश्वासको मत दिएकोमा सबै दलहरुलाई धन्यवाद दिनुभयो । अर्को सत्तापक्ष र प्रतिपक्षको बारेमा पनि केही कुराहरु राख्नुभयो । नेपाली काँग्रेस संसदीय प्रतिनिधि सभामा, राष्ट्रिय सभामा प्रमुख विपक्ष दलको रुपमा रहेको छ । र, हाम्रो पार्टी सभापति, पूर्वप्रधानमन्त्री माननीय शेरबहादुरजीले प्रमुख विपक्ष दलको नेताको हैसियतमा हुनुहुन्छ भनेर आफ्ना कुराहरु राख्यौं । प्रधानमन्त्रीजीले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुखका निमित्त पनि सहमति गरेर अगाड बढ्न सकिन्छ कि भन्ने कुरा पनि राख्नुभयो ।

सामान्य छलफलका लागि । हामीले नेपाली काँग्रेस संघीय संसदमा प्रमुख प्रतिपक्षको भुमिका निर्वाह गर्दैगर्दा र प्रमुख प्रतिपक्ष दलकै रुपमा कार्यरत रहने गरेर राष्ट्रपति, उपराष्ट्रपति सभामुख र उपसभामुख संविधानको पालना गर्नुपर्ने, संरक्षण गर्नुपर्ने र तटस्थताको भूमिका निर्वाह गर्नुपर्ने र सबै राजनीतिक दलको र सबै नेपाली जनताको संस्था अथवा नेता भएर बस्नुपर्ने पदहरु भएको हुनाले हामी प्रमुख प्रतिपक्ष दलमा भएर पनि हामी यसका बारेमा छलफल गर्न तयार छौं यदी प्रधानमन्त्रीजीले छलफल अघि बोलाउनु भयो भने त्यसमा हामी छलफल गर्न तयार छौं भनेर हामीले भनेका छौं । र, उहाँले चाहीँ यी पदहरुमा छलफल गरेर सहमतीमा जान सकिन्छ कि भनेर पनि भन्नुभएको छ । मुलतः यिनै कुराहरु भएका छन् ।

हामी सभामुखको निर्वाचनबारे आन्तरिक छलफल गर्छौं । राति, भोलि बिहानसम्म छलफल गरेर हामी हाम्रो धारणा अघि बढाउँछौं । सहमति कुनै भएको छैन । विषय प्रवेश भएको छ । प्रधानमन्त्रीजीले राष्ट्रपति, उपराष्ट्रपति र सभामुख, उपसभामुखमा पनि सहमति गरेर जान सकिन्छ कि भनेर विषय प्रवेश गराउनु भयो । तर कुनै पनि सहमति भएन । हामीले हाम्रो दृष्टिकोण राख्यौं ।’

यता, सत्तारुढ दलहरुबीच भने राष्ट्रपति र सभामुख पद नेकपा एमालेलाई दिने सहमति भएको छ ।